खोजि गर्नुहोस..

बाँसगढी नगरस्तरिय फुटवलको बिजेता बन्यो वडा नम्बर ८ ककौरा

बाँसगढी नगरपालिकामा संचालित दोस्रो बासँगढी नगरस्तरिय वडा अन्तर फुटवल प्रतियोगिताको उपाधी बाँसगढी नगरपालिका वडा नम्वर ८ ले चुमेको छ । माघ ४ देखि ७ गतेसम्म दमौलीमा भएको फुटवल प्रतियोगितामा वडा नम्वर १ लाई पराजीतगर्दै ८ नम्वर वडाले उपाधी जितेको छ ।

फाइनल फूटवल प्रतियोगितामा दुवै टीमको खेल बरावरी भएपछि पेनाल्टी सुटआउटमा वाड नं ८ ले ४ गोल गरेको छ । विजेता वडाले ४–१ गोल अन्तरले वडा नम्वर १ लाई पराजीत गरेको हो । वडा नम्वर १ उपविजेता बनेको छ । वार्ड नं २ ले तृतिय स्थान र वाड नं ५ ले सान्त्वना स्थान ल्याउन सफल भएका छन् । फाईनल खेलमा सर्वोत्कृष्ट खेलाडी वाड नं १ का टेकराज सुनार हुनु भएको छ । प्रतियोगिताकै उत्कृष्ट मिडफिल्डर वाड नं ८ का राजन कठायत, उत्कृष्ट डिफेन्डर वाड नं ८ कै करण शाही र उदयमान खेलाडी वाड नं ५ का विष्णु चन्द हुनु भएको छ । उत्कष्ट गोलकिपरको उपाधी पंकज बुढामगरले जित्नु भएको छ ।

विजयी टिमलाई ४० हजारको चेक प्रदान गरिएको छ । द्धितिय हुने वडा नम्वर १ लाई २५ हजार तथा तृतिय र सान्त्वना हुने टीमलाई ५।५ हजार रुपैया प्रदान गरिएको आयोजकले जनाएको छ । विजयी सम्पुर्ण टिमलाई प्रमाण पत्र प्रदानगर्दे बासँगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खडकाले विजयी टिमलाई बधाई दिनुभयो । उहाँले खेलले ब्यक्तिको जीवनमा अनुसाशन कार्य गर्ने भन्दै नगरपालिकाले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको दोहोर्याउनु भयो ।

यसैविच साविकको मोतिपुर गाविस र बेलवा गाविस विच भएको महिला फुटवल प्रतियोगितामा मोतिपुर विजेता भएको छ । महिला तर्फको फुटवल प्रतियोगितामा विजेतालाई १५ हजार र उपविजेतालाई १० हजार पुरस्कार प्रदान गरिएको थियो । बाँसगढी नगरपालिकाको संरक्षकत्व र ६ नम्वर वडाले आयोजनामा दोस्रो बाँसगढी नगरस्तरिय वडा अन्तर फुटवल प्रतियोगिता सम्पन्न भएको छ । बाँसगढी नगरपालिका वार्ड नं ६ का वडाअध्यक्ष लाल बहादुर क्षेत्रीले खेलमा सिद्धान्तलाई ब्यवहारमा उतार्न सके मानव जीवन सार्थक हुने विश्वास ब्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *