खोजि गर्नुहोस..

पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता स्थगित

रावन बिश्वकर्मा,
पाँचौ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ स्थगित गरिएको छ । यहि माघ १३ गते देखी श्री रामजानकी मावि भैसासुरमा सञ्चालन हुने भनिएको प्रतियोगिता खराब मौषमका कारण स्थगित गरिएको हो ।

रनिङ शिल्ड प्रतियोगिता सञ्चालनका लागि बाँसगढी नगरपालिका भित्रका सबै सरोकारवाला विद्यालयहरु सहितको संयुक्त बैठक बसी अर्को मिति तय गरिने पाँचौ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ मुल आयोजक समितिका सदस्य सचिव तथा रामजानकी माविका प्रधानाध्यापक नारायण प्रसाद शर्माले जानकारी दिनु भयो ।

बाँसगढी नगरपालिकाको आयोजना र राम जानकी मावि भैसासुरको संयोजन तथा व्यवस्थापनमा सञ्चालन हुने रनिङ्ग शिल्ड प्रतियोगितामा नगर भित्रका ३२ वटा मावि र आधारभुत विद्यालयले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा माध्यमिक विद्यालय छात्र छात्रा दुबै तर्फ एथलेटिक्स, भलिवल, कबड्डी, मार्सलआर्ट विद्यामा खेल हुने छन भने आधारभुत विद्यालय तर्फ १ सय मिट दौड, २ सय मिटर दौड, सटफुट र लम्जङ्ग तर्फका खेल हुने छन ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *