खोजि गर्नुहोस..

वडा स्तरिय अध्यक्ष कप फुटबल प्रतियोगित फाल्गुन २३ देखि हुने ।।

“स्वास्थ का लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ बढैयाताल गाउँपालिका को समन्वय र ७ नम्बर वडा कार्यालय को आयोजनामा शुक्रबार फाल्गुन २३ गते देखि २७ गते सम्म वडा स्तरिय अध्यक्ष कप फुटवल प्रतियोगिता वडा न ८ को नयाँ बस्ती खेल मैदानमा हुने भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको छे । भने कुल १ लाख ८० हजार खर्च हुने अनुमान गरिएको फुटबल प्रतियोगिता मा बढैयाताल गाउँपालिका भित्र का ९ वटै वडाका टिम सहभागी हुने वडा न ७ का अध्यक्ष राधेश्याम थारु ले जानकारी दिएका थिए । भने स्वस्थ रहनका लागि र युवाहरूलाई खेल प्रति रुचि र आकर्षण बढाउनका लागि खेलकुद अनिवार्य रहेकोले बढैयाताल गाउँपालिका ले गत बर्ष देखि वडा स्तरिय अध्यक्ष कप फुटबल खेलकुद प्रतियोगिता को सुरुवात गरिएको जानकारी गराईएको थियोे । बढैयाताल गाउँपालिका वार्ड न ७ ले आज गरेको खेल सर्बजनिक तथा पत्रकार सम्मेलनमा वडा ७ का अध्यक्ष राधेश्याम थारु , वडा सदस्यहरू , खेल संचालन उप समितिका संयोजक हिक्मत सुनार ,उप समितिका सदस्यहरू , गोचालि युवा क्लबका सदस्यहरू , मयुर युवा क्लब का सदस्यहरू लगायतको उपस्थिति रहेको थियोे भने भोलि दिनको २ बजे हुने उदघाटन कार्यक्रम सबैलाई सहभागी हुन अनुरोध समेत गरिएको छ । भने प्रत्येक दिन दिनको १ वजे खेल संचालन हुने र प्रत्येक दिन दुईवटा खेल हुने र २७ गते फाईनल खेल भई सोहि दिन समापन कार्यक्रम हुने जानकारी दिईएको थियोे भने फुटबल खेलमा प्रथम हुने टिमलाई २० हजार नगद ट्रफि र प्रमाणपत्र दोस्रो हुनेलाई १० हजार नगद ट्रफि र प्रमाणपत्र तथा उत्कृष्ट खेलाडी , उत्कृष्ट टिम र बढि गोल गर्ने खेलाडीहरू लाई समेत पुरस्कारको ब्यबस्था गरिएको जानकारी दिईएको थियोे ।भने उदघाटन लगत्तै वडा न ४ र वडा न ९ बिच पहिलो खेल तालिका रहेको छ भने नकआउटको आधारमा खेलाईने जानकारी गरिएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *