खोजि गर्नुहोस..

१ लाख ७७ हजार नगद सहित बाँसगढीमा ७ जना जुवाडे पक्राउ

बर्दिया प्रहरीले ७ जना जुवाडेलाई बाँसगढी बजार बाट पक्राउ गरको छ । बर्दियाको बाँसगढी नगरपालिका वडा न ५ बाँसगढी बजारको मुनलाईट होटलमा, हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा प्रहरीले साढे १ लाख बढी रुपैया नगद सहित ७ जना जुवाडेलाई बुधबार राती ९ बजे पक्राउ गरको हो ।

पक्राउ पर्नेमा बाँसगढी नगरपालिका वडा न ५ बस्ने ३९ बर्षी राम बहादुर बुढाथोकी, सोही ठाउँका ३५ वर्षीय लक्ष्मी प्रसाद पौडेल, ४८ बर्षिय दयाराम लम्साल, ५२ वर्षीय शिव बहादुर सुनार रहेका छन् । त्यसैगरी ३४ वर्षीय जीवन पौडेल, १९ वर्षिय दिपक सुनार र बढैयाताल गाउँपालिका ६ रानीपुर बस्ने ४१ वर्षीय विष्णु राज पौडेललाई प्रहरीले पक्राउ गरको छ । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीबाट खटेको टोलीले उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेका हो ।

उनीहरुको साथबाट नगद १ लाख ७७ हजार रुपैयाँ जुवा खेल्न प्रयोग गरिएको ३ कड्डी तास र ७ थान मोवाईल बरामद गरिएको इलाका प्रहरी कार्यालय मोतीपुर बाँसगढीका प्रहरी निरिक्षक रुपेश शाह जनकारी दिनु भएको छ । पक्राउ परेका ७ जनामाथि नै थप अनुसन्धान भईरहेको ईलका प्रहरी कार्यालय मोतीपुरले जनाकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *