खोजि गर्नुहोस..

बाँसगढीमा महिलाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ्ग शिविर सुरु

हुम कुमार चौधरी ।
बाँसगढी नगरपालिकामा महिलाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ्ग शिविर २३ गते बाट सुरु भएको छ । बाँसगढी नगरपालिकाको आयोजना र शुसिल कोइराला प्रखर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा ३० वर्ष भन्दा माथि उमेर समुहका विवाहित महिलाहरुको पाठेघरको मुखको क्यन्सार परिक्षण (भि आई ए) परिक्षण गरिदै छ ।

शिविरमा प्रजनन सम्वन्धि स्वास्थ्य समस्या जस्तै आंग खस्ने, स्तनको क्यान्सर, बाझोपन लगाएतका समस्याको जाँच गरिदै छ । २३ देखि २७ गते सम्म सञ्चालन हुने निशुल्क स्क्रिनिङ्ग शिविर फागनु २५ गते नगर अस्पताल बाँसगढीमा र २७ गते बेलवा स्वास्थ्य चौकीमा सञ्चालन हुने स्वास्थ्य शाखा बाँसगढीका फोकल पर्सन सि अनमी जानकी गिरिले जानकारी दिनु भएको छ । २३ गते डेउढाकाल स्वास्थ्य चौकीमा भएको शिविरमा १ सय ५३ जना महिलाको पाठेगरको मुखको स्क्रिनिङ्ग गरिएकोमा २५ जनामा पोजेटिभ देखीएको । भने ६ जनाको आंग खस्ने समस्या, ८५ जनाको सेतो पानी बग्ने समस्या रहेको फोकल पर्सन गीरिले बताउनु भयो । एक जनको महिलाको रिंग हालेर उपचार गरीएको पनि जनकारी दिनु भयो ।

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ्ग जाँच पछि शंकास्पद भएकाहरुलाई शुसिल कोईराला प्रखर क्यान्सर अस्पतालमा पठाएर परिक्षण पश्चात उपचार प्रक्रियाम जने स्वास्थ्य शाखा बाँसगढीले जनाएको छ । शिविरमा शुसिल कोइराला प्रखर क्यान्सर अस्पताका मेडिकल अफिसर डा अक्रम राई सहित बाँसगढी नगरपालिका स्वास्थ्य कर्मिहरु परिक्षण गरिरहनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *