खोजि गर्नुहोस..

बाँसगढीमा एक दिने तनाव व्यवस्थापन कार्यक्रम

हुम कुमार चौधरी,


बाँसगढीमा एक दिने तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न भएको छ । बाँसगढी सामुदायीक पुस्तकालय तथा स्रोत केन्द्रको आयोजनामा ध्यान योग र उत्सवको माध्यमद्धारा तनाव व्यवस्थापन सम्वन्धि कार्यक्रम गरिएको हो । ध्यान योग र उत्सवको माध्यमद्धारा तनाव व्यवस्थापनको सहजिकरण ओशो तपोवन काठमाण्डौका सहजकर्ता स्वामी आनन्द अर्हत्ले गर्नु भएको थियो । उहाँले तनाव व्यावस्थापनका ६ तरिकाको बारेमा जनकारी दिनु भयो । तनाव व्यवस्थापनमा खानपान, रेष्ट, कन्सेयर रेष्ट (सकारात्मक विचार) व्यायम, सोसियल कन्ट्याक र एडिक्सन लगाएतको कुरामा ध्यान दिनसके तनाव व्यवस्थापन गर्न सकिने बताउनु भयो । उहाले तनाव व्यवस्थापन गर्नको लागि गरिने व्यायम पनि गराउनु भएको थियो । कार्यक्रम बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले तनाव व्यवस्थापन कार्यक्रम अहिलेको समयमा अतिआवश्यक रहको बताउनु भयो । यस्ता कार्यक्रमले मानिसको जिवन व्यवस्थित बनाउनुको साथै स्वस्थ रहनको लागि महत्वपुर्ण भुमिका खेल्नेमा उहाको जोड थियो । नगरपालिका भित्रका नागरिकको जीवन स्वस्थ राख्नका लागि नगरपालिकाले पहिलो प्राथमिकताका साथ नितिनियम र कार्यक्रम बनाएर काम भईरहेको उहाको भनाई छ । नागरिक स्वस्थ रहनको लागि तनाव व्यवस्थापन पनि आवश्य पर्ने भन्दै यस्ता कार्यक्रमको योजना बनाएर आउन र आफनो साथ र सहयोग रहने नगर पंमुख खड्काले आग्रह गर्नुभयो । बाँसगढी सामुदायीक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष गोविन्द प्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बाँसगढी नगरपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, पुर्व नगर उपप्रमुख सुष्मा चौधरी, स्थानिय बुद्धिजिवनी समाजसेवी, शिक्षक, व्यापारी, युवा, महिला लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको स्वागत बाँसगढी सामुदायीक पुस्तकालयका सचिव प्रेम प्रसाद शर्माले गर्नु भएको थियो भने संचालन नैन वहादुर खत्रीले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *