खोजि गर्नुहोस..

ॐ केदारेश्वर धाम बाँसगढीमा महाँयज्ञ तथा महाशिवरात्री विशेष पूजा आराधान  सुरु

हुुम कुुमार चौधरी ।

ॐ केदारेश्वर धाम ट्रष्ट बाँसगढीमा संगितमय प्रवचन सहितको श्रीमद भागवत ज्ञान महाँयज्ञ तथा महाशिवरात्री विशेष पूजा आराधान २०८१ सुरु भएको छ । बाँसगढी नगरपालिका वडा न ५ पर्ने ॐ केदारेश्वर धाम ट्रष्ट परिषरमा राधाकृष्ण मन्दिर बनाउनको लागि संगितमय प्रवचन सहितको श्रीमद भागवत ज्ञान महाँयज्ञ सुरु भएको हो । कलशमा बत्ति बारलेर स्वस्तीक बाचन गरी ज्ञान महाँयज्ञको उद्घाटन गरियो । श्रीमद भागवत ज्ञान महाँयज्ञ उद्घाटन पश्चात मन्तव्य राख्दै बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्का बाँसगढी नगरपलिकामा रहेको ॐ केदारेश्वर धाममा एउटा धार्मिक पर्यटकिय क्षेत्र रहेको बताउनु भयो । त्यसैले यसको धार्मिक तथा महत्वको प्रचारप्रसार र विकासको लागि ज्ञान महायज्ञले सहयोग पुग्ने बताउनु भयो ।

धाममा राधाकृष्ण मन्दिर निर्माणको लागि आयोजना गरिएको ज्ञान महाँयज्ञलाई सफल पार्न बसै भक्तजनहरुलाई अनुरोध गर्नु भयो । यस नगरको धार्मीक पर्यटकिय क्षेत्रको संरक्षण सम्बद्र्धको लागि आफुले गर्न सक्ने सहयोग गर्ने पनि प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा केदारेश्वर धाम ट्रष्टका परिकल्पनाकार लिलाधर पौडलले श्रीमद भागवत ज्ञान महाँयज्ञ सञ्चालन गर्नुको उदेश्य बारेमा जनकारी गराउनु भयो । साथै धामको आध्यात्मीक पर्यटकीय नगरीको रुपमा विकास गर्नु पर्ने बताउदै यस क्षेत्रको ऐतिहासीक पृष्ठभुमिको बारेमा प्रशास पार्नु भएको थियो । कार्यक्रमा बोल्ने बक्तहरुले ॐ केदारेश्वर धाम ट्रष्ट हुन लागेको ज्ञान महाँयज्ञको सफताको शुभकाना दिनु भएको थियो । आईतबार ११ गते देखी शुुरु भएको ५ दिवशिय संगितमय पर्वचन सहितको श्रीमद भागवत ज्ञान महाँयज्ञ तथा महाशिवरात्री विशेष पूजा आराधान फागुन १५ गते सम्म सञ्चालन हुने छ ।

श्रीमद भागवत ज्ञान महाँयज्ञमा पण्डीत नारायण उपाध्ययले संगितमय प्रवचन गरि रहनु भएको छ । यज्ञमा प्रत्येक दिन संगितमय प्रवचन, झाकी हुने छ । भने १४ गते शिवरात्रीको दिन वैदिक पुजापाठ सहितको संगितमय प्रवचन तथा साझ ६ बजे श्रृंगारिक महाँआरती समेत हुने छ । मैनापोखर चौकदेखी सुरु भएको कल्सयात्रा यात्रा धाममा गरएर समापन भएको थियो । ॐ केदारेश्वर धाम ट्रष्टका अध्यक्ष कृष्ण प्रसाद बास्तोलको सभाध्यक्षतामा भएको कार्यक्रमम राजिनित दलका प्रतिनिधि, स्थानिय बुद्धिजिवी, धामका पुजारी शिव ढकाल, भक्तजन लगाएतको उपस्थित रहको थियो । उद्घाटन कार्याक्रमको सञ्चालन धामका महाँ सचिव विष्णु पौडेलले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *