हुमकुमार चौधरी
कृषि सहकारी सस्था लिमिटेड बाँसगढी ८ ककौराले आयोजना गरेको प्रथम खुल्ला तीज विशेष नृत्य प्रतियोगिताको उपाधी पुर्वी वि क हात पानु भएको छ । २३ जना प्रतिस्पर्धी रहेकोमा २२ जना लाई पछि पार्दै वि क उपाधी हात पारेकी हुन् । प्रतियोगीतामा द्धितिय पुरस्कार सुनिता विक प्राप्त गर्नु भयो । त्यसैगरी तृतीय पुरस्कार रिहारपुर दिदिवहिनी सम्मुह हात पर्ना सफल भएको छ, भने सान्त्वना पुरस्कार सिवानी विसिले हात पार्नु भयो । विजेताहरुलाई क्रमश रु ३ हजार १ सय ५५, रु २ हजार ५ सय ५५, रु २ हजार ५५ र १ हजार ५५ पुरस्कार प्रदान गरिएको देवराज अधिकारीले जनकारी दिनु भयो । तिज पर्वको कला सस्कृतीलाई जगेर्ना गरि त्यसलाई निरन्तरता दिने उदेश्यले प्रतियोगीताको आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको निर्णायकमा डम्वर बुढाको संयोजकत्वमा ३ सदस्यी रहेको थियो । तीज विशेष खुल्ला प्रतियागिताको मुख्य प्रायोजक बालज्योति एकेडेमी बर्दिया रहेको थियो । त्यसैगरी सहमुख्य प्रायोजक ढेउढाकला सानाकिसान कृषी सहकारी सस्था, बाँसगढी नगरपालिका वडा न ८ वडा कार्यालय रहेको थियो । भने ककौरा बजार सुधार समिति सहित १० ओटा व्यापारीक प्रायोजनम तिज विशेष नृत्य प्रतियोगिता भएको हो । नयाँ कृषि सहकारी सस्था लिमिटेडका अध्यक्ष रविन्द्र राना भाट्को सभापतित्वमा भएको कार्यक्रमम प्रमुख अतिथि बाँसगढी नगरपालिका उपप्रमुख इन्दिरा कुमारी चौधरी रहनु भएको थियो ।
त्यसैगरी अतिथिमा बाँसगढी नगरपालिका वडा न ८ का वडाअध्यक्ष तुलप्रसाद गौतम, बालज्योति एकेडेमि संचालन समितिका कोषाध्यक्ष विकास गौतम, लालीमा पुष्पकमल महिला बहुयुद्देय सहकारी सस्थाकी प्रवन्धक जुना खड्का, उपकार स्वाबलम्वन बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष बम बहादुर घिमिरे, ढेउढाकाला सानाकिसान सहकारी सस्थाकी उपाध्यक्ष सृजना वली र ककौरा बजार समितिका अध्यक्ष गोविन्द शर्मा पंगेनीक रहनु भएको थियो । तीज नृत्य प्रतियोगिता कार्यक्रमको सञ्चलन देवराज अधिकारी र वर्षा पाण्डेले गर्नु भएको थियो ।