खोजि गर्नुहोस..

केपी ओली कप तेस्रो संस्करणको प्रचारका लागि बाँसगढीमा मैत्रीपुुर्ण फुटबल प्रतियोगिता


रावन विश्वकर्मा ।
केपी ओली कप तेस्रो संस्करणको प्रचार प्रसारको लागि बाँसगढीमा मैत्रीपुुर्ण फुुटबल प्रतियोगिता भएको छ । राष्ट्रिय युुवा संघ नेपालको आयोजनामा फागुुन ११ गते देखी सञ्चालन हुुने केपी वली कप तेस्रो संस्करणको प्रचार प्रसारको लागि बाँसगढीमा मैत्रीपुुर्ण फुुटबल प्रतियोगिता आयोजना गरिएको हो । केपी ओली कप तेस्रो संस्करणको प्रचार प्रसार गर्ने उदेश्यका साथ बाँसगढीमा राजनितिकर्मी र सरकारी कर्मचारी विच मैत्रीपुुर्ण फुुटबल प्रतियोगिताको आयोजना गरिएको युुवा संघ बर्दियाका सचिव निराजन थापाले बताउनुु भयो ।

बाँसगढी ४ लक्ष्मणपुुरको खेल मैदानमा शनिबार भएको मैत्रिपुुर्ण फुुटबल प्रतियोगितामा १ का विरुद्ध २ गोल अन्तरले सरकारी कर्मचारीको टिम बिजय भएको छ । मैत्रीपुुर्ण फुटबल प्रतियोगितामा बिजय टिमलाई शिल्ड तथा प्रमाण पत्र समेत प्रदान गरिएको थियो । राष्ट्रिय युुवा संघ नेपाल बर्दियाका अध्यक्ष संजय सापकोटाको अध्यक्षतामा भएको मैत्रीपुुर्ण फुुटबल प्रतियोगितामा नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाँसगढी नगरपालिकाका नगर प्रमुुख खडक बहादुुर खड्का, नेकपा एमाले बर्दिया अध्यक्ष सालिकराम अधिकारी लगायतको उपस्थिति रहेको थियो । केपी ओली कप तेस्रो संस्करणको प्रसार प्रसारको लागि युुवा संघ बर्दियाले बर्दिया र बाँकेको सिमानामा पर्ने मानखोलामा ब्यानर समेत राखेको छ । भने अन्य प्रचार प्रसारलाई समेत तिव्रता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *