खोजि गर्नुहोस..

बाँसगढीमा प्लाष्टिक जन्य झोलाको प्रयोग निषेध

बर्दियाको बाँसगढीमा प्लाष्टिक जन्य झोलाको प्रयोग निषेध गरिएको छ । बाँसगढी नगरपालिकाले बुधबार एक सुचना प्रकाशन गर्दै बाँसगढी क्षेत्रमा प्लाष्टिक जन्य झोला प्रयोगमा निषेध गरेको हो । लुम्बिनी प्रदेस सरकार तथा बाँसगढी नगरपालिकाको आर्थिक बर्ष २०७९।०८० को निति तथा कार्यक्रममा समेत प्लाष्टिक जन्य झोला, माला तथा खादाको प्रयोगलाई निरुत्साहित गर्ने भन्ने उल्लेख भए बमोजिम नगरपालिकामा प्लाष्टिक जन्य झोलाको प्रयोग निषेध गर्ने निर्णय गरिएको बाँसगढी नगरपालिकाले जनाएको छ ।

बाँसगढी नगरपालिका अन्तर्गतका कार्यालय निकायहरुले आयोजना गर्ने बिभिन्न सभा, समारोह,गोष्ठि, सेमिनारमा अथिति सत्कारका लागि प्रयोग गरिदै आएको खादा प्लाष्टिक जन्य झोला, प्लाष्टिकजन्य माला, खादाको प्रयोग नगर्न तथा नगराउनु हुन समेत अनुरोध गरिएको नगर प्रमुख खडक बहादुर खड्काद्धारा हस्ताक्षरित सुचनामा उल्लेख छ ।

प्लाष्टिकका झोला पुर्ण रुपमा निरुत्साहित गरी नगरपालिकालाई स्वच्छ, सफा र वातावरण मैत्री बनाउन सबैमा अनुरोध गरिएको बाँसगढी नगरपालिकाका सुचना अधिकारी क्षितिज पौडेलले बताए । प्लाष्टिकका झोला, गिलास तथा अन्य प्लाष्टिजन्य बस्तुहरु प्रयोग गरी जताजतै फाल्दा ठाँउठाँउमा फोहोर देखिनुका साथै वातावरण प्रदुषित हुने र फोहोर व्यवस्थापनमा समेत समस्या हुदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *