हुम कुमार चौधरी ।
बर्दियाको बाँसगढीमा सहकारी संस्थाले जनभावना तोरी मिल सञ्चालनमा ल्याएको छ । जनभावना बहुउदेश्य सहकारी संस्था बाँसगढीको ३३ प्रतिशत र शेर सदस्यहरुको ६७ प्रतिशत शेर लगानीमा जनभावना तोरी मिल सञ्चालनमा ल्याईएको हो । नयाँ बर्ष २०८१ को सुअवसरमा शनिबार तोरी मिलको बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले बिधिवद् रुपमा उद्घाटन गर्नुभयो । सहकारी क्षेत्र भित्रका किसानको तोरी खरिद गर्दै किसानको आर्थिक उपार्जनमा सहयोग गर्ने र तोरी प्रशोधन गरी उपभोक्तालाई शुद्ध तोरीको तेल पुर्ति गर्ने उदेश्यका साथ जनभावना तोरी मिल सञ्चालनमा ल्याएको संस्थाले जनाएको छ ।
आगामी दिनमा धान, गहु, मकै र अन्य बालीको मिल सञ्चालन गर्ने सहकारीको लक्ष्य समेत रहेको जनाईएको छ । मिल उद्घाटनको अवसरमा बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले जनभावना सहरकारी सस्थाले स्थानिय उपभोक्तालाई शुद्ध तोरीको तेल पुर्याउने र यसबाट प्रत्येक्ष अप्रत्येक्ष रोजगारी सृर्जना गर्ने महत्वपुर्ण कामको सुरुवात गरेकोमा धन्यबाद सँगै शुभकामना समेत दिनुभयो । उहाँले जनाभावन सहकारीको यो उद्यामशिलतामा बाँसगढी नगरपालिकाको पनि साथ सहयोग रहने विश्वास दिलाउनु भयो । नगर प्रमुख खडकाले जनभावना तोरी मिल सञ्चालनमा आए पछि अव उपभोक्ता सम्म पुग्ने भएकोले खाद्य प्रविधि तगा गुण नियन्त्रण कार्यालय मार्फत तेलको गुणस्तर प्रणीकरण गरेर सोही अनुसार शुद्ध तोरीको तेल उत्पादन र विक्री वितरण गर्नु पर्ने कुरामा जोड दिनभयो ।
कार्यक्रमाा बाँसगढी नगरपालिका वडा न ५ का वडा अध्यक्ष दहुवा थारु, बाँसगढी उद्योग बाणिज्य संघका अध्यक्ष बद्रिनाथ बराल, उद्योगी व्यावसायीक नगरबहादुर वलीले तोरी मिलको सफलताको शुभकाना दिनु भएको थियो । साथै यस क्षेत्रमा धेरै सहकारीले बहुउदेश्यीय दर्ता गराएर पनि बचत तथा ऋणको रुपमा काम गरी रहेको अवस्थामा जनभावन सहकारीले नाम अनुसारको काम गर्दै बाँसगढी नगरपालिकाको लागि नितान्त आवश्यक रहेको तोरी मिल सञ्चालनम ल्याएर शुद्ध तोरीको तेल उपभोग सम्म पुर्याउदा खुसी व्यक्त गर्नु भएको थियो ।
जनभावन तोरी मिल सञ्चालन समितिको संयोजक रेशम बहादुर खत्रीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर प्रमुख खड्क बहादुर खड्का, वडा न ५ का वडा अध्यक्ष दहवा थारु, वडा न ६ वडा अध्यक्ष लाल बहादुर क्षेत्री, वडा न ८ का वडा अध्यक्ष तुल प्रसाद गौतम, बाँसगढी उद्योग बाणिज्य संघका अध्यक्ष बद्रिनाथ बराल, जनभावना बहुउदेश्यीय सहकारीका अध्यक्ष शेर बहादुर सुनार, जनभावना बहुउदेश्यीय सहकारी सस्थाका पुर्व अध्यक्ष, सल्लाहाकार, उद्योगि व्यापारी, लगाएतको सहभागिता रहको थियो ।उद्घाटन कार्यक्रमको सञ्चालन बाँसगढी उद्योग बाणीज्य संघका महासचिव विकास गौतमले गर्नु भएको थियो भने स्वागत जनभावन तोरी मिल सञ्चालक समितिका उमेश थारुले गर्नु भएको थियो ।