बर्दियाको सदरमुकाम गुलरियामा दुई थान कटुवा पिस्तोलसहित आएका दुई जना भारतीयलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । बिहीबार दिउसो जिल्ला प्रहरी कार्यालय, बर्दियाको मूलद्वारदेखि पूर्व करिब २५ मिटर दूरीमा लुटपाट गर्ने उद्देश्यले आएका उनीहरूलाई नियन्त्रणमा लिई स्थानीयले प्रहरीलाई बुझाएका छन् ।
File Photo
भारत बहराइच जिल्ला घोसियानाका २६ वर्षीय अमरेश वर्मा र नानपारा खैरितिघाटका २७ वर्षीय अजय घोष लाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन्। पक्राउ परेका उनीहरूबाट २ थान कटुवा पिस्तोल, ९ थान गोली‚ १ थान चक्कु र चोरी गरेका गहना बरामद भएको प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर शाहीले बताउनु भयाे।
स्थानीयले शंकास्पद अवस्थामा देखेपछि पक्राउ गर्न खोज्दा हतियारधारी दुई भारतीय भाग्ने प्रयास गरेका थिए। पक्राउ परेका दुवै जना अन्य चोरीका घटनामा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।