खोजि गर्नुहोस..

ईलाका प्रशासन बाँसगढीको सेवा प्रवाह आफ्नै भवनबाट

ईलाका प्रशासन कार्यालय बाँसगढीले आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ । २०७३ साल देखी भाडाको घरबाट सार्वजनिक सेवा दिदै आएको कार्यालयले सोमबार देखी आफनै नवनिर्मित भवनबाट सेवा दिन थालेको हो । बाँसगढी ५ बाँसगढी बजारमा भाडाको घरबाट सेवा दिदै आएको कार्यालयले अव देखी बाँसगढी ८ ककौराको आफ्नै भवनबाट दैनिक सार्वजनिक सेवा दिने ईलाका प्रशासन कार्यालय बाँसगढीका प्रमुख डिल्लीराम आचार्यले बताए ।

दैनिक कार्यालयबाट दिईदै आएको सेवा प्रभाह आफ्नै भवनबाट दिन सुरु गरे सँगै सेवा प्रभाह थप सहज हुने आचार्यले बताए । कार्यालयले मासिक १४ हजार ८ सय रुपैया भाडा खर्च गर्दै भाडाको घरबाट सेवा प्रदान गरिरहेको थियो । कार्यालयको आफ्नै भवन निर्माण भए सँगै त्यो समस्या हटेको छ । ३ करोड ८२ लाख ३६ हजार ८ सय ८५ रुपैयाँ ४६ पैँसा बराबरको लागत स्टमेटमा जयभवानी रेग्मी जेभी निर्माण कम्पनी कोहलपुर बाँकेले कार्यालयको भवन निर्माण गरेको हो । नगरबासीहरुको माग र आवश्यकता अनुसार २०७३ जेठ २६ गते देखी बाँसगढी बजारमा ईलाका प्रशासन कार्यालय सञ्चालनमा आएको थियो ।

बाँसगढीका नागरिकलाई घर आँगनमा नै नागरिकता, राहदानी, नावालक परिचय पत्र, जनजाती, मधेशी,दलित प्रमाणित, ठाडो उजुरी, गुनासो सुनुवाई जस्ता सेवा उपलब्ध गराउने तथा शान्ती सुरक्षा, चोरी तस्करी नियन्त्रण, बजार अनुगमन, सार्वजनिक सम्पतीको संरक्षण, विपद व्यवस्थापन तथा प्रशासनिक कार्यका लागि कार्यालय स्थापना गरिएको थियो । बाँसगढी नगरपालिकामा ईलाका प्रशासन कार्यालय स्थापना भए देखी झण्डै ७० हजार नागरिकहरु सार्वजनिक सेवाबाट लाभान्वित हुदै आएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *