खोजि गर्नुहोस..

अधिया बटैया गर्ने किसानलाई रासायनिक मलमा अनुदान

विन्दु चौधरी, बाँसगढी
बर्दियाको बाँसगढी नगरपालिकाले अधियाबटैया गर्ने किसानहरुलाई रासायनिक मलमा अनुदान दिने भएको छ । नगरपालिकाको आर्थिक वर्ष २०८०।०८१ को स्वीकृत कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा अधिया बटैया खेती गर्ने किसानहरुलाई रासायिक मल अनुदान दिने भएको हो । बाँसगढी नगरपालिकाले एक सुचना जारी गरी नगर भित्रका खेती योग्य जमिन करार तथा भाडामा लिई अधियाबटैया खेती गर्ने इच्छुक किसानहरुलाई आवेदन आह्वान गरिएको नगरपालिकाले जनाएको छ । आयआर्जनमा विकास गर्ने लक्ष्यसहित अधियाबटैया खेती गर्ने किसानहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याइएको बाँसगढी नगरप्रमुख खड्क बहादुर खड्काले बताउनुभयो । उहाँले आर्थिक वर्ष २०८०÷०८१ को बजेट तथा कार्यक्रममा ‘उत्पादन साथमा, अनुदान हातमा’ भन्ने नारासहित कृषिलाई प्राथमिकतामा राखिएको बताउनुभएको थियो । अनुदानका लागि आवेदन, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वडा कार्यालयको सिफारिस, जग्गाधनि प्रमाणपुर्जाको प्रतिलिपि, खेती योग्य जमिन भएका जग्गाधनि वा सामुदायिक सस्थासंग खेती योग्य जमिन करार तथा भाडामा लिएको नियमानुसार सम्झौताको प्रतिलिपि र रासायनिक मल खरिदको संकल विल माग गरिएको बाँसगढी नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत नोखिराम ओलीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *