विन्दु चौधरी
नेपाल उद्योग व्यापार महासंघ बाँसगढीनगर कमिटीको अध्यक्षमा शेर बहादुर सुनारलाई चयन गरेको छ । आज भएको प्रथम भेला तथा अधिवेशनले सुनारको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नयाँ कार्यसमितिमा टेक बहादुर सुनार र झुपलाल शर्मा उपाध्यक्ष, दिलराज कुमाल महासचिव, मिलन अधिकारी सचिव, र प्रिया शाही कोषाध्यक्षमा चयन हुनुभएको छ । भने बाँकी सदस्य सर्वसम्मत चयन गरिएको छ ।
महासंघको उद्घाटन नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय महासचिव खेम नारायण पराजुलीले गर्नुभएको थियो । उहाँले क्षेत्रगत प्रतिनिधित्वलाई सुनिश्चित गर्दै गठित नगर कमिटीले साना, घरेलु, मझौला तथा ठूला उद्योगी–व्यवसायीका हितमा काम गर्ने जानकारी दिनुभयो । महासंघ उद्योगी–व्यवसायीहरूको छाता संगठनका रूपमा सशक्त रूपमा अगाडि बढ्ने बताउँदै हाल उद्योगी तथा व्यापारीहरू विविध समस्यामा परेका कारण सरकारलाई तिनीहरूको हितमा नीति निर्माण गर्न आग्रह गर्नुभयोे ।
कार्यक्रममा महासंघ लुम्बिनी प्रदेश कमिटी महासचिव तारा कुमारी रोकाया, नेपाल घरबहाल उपभोक्ता मञ्च बाँकेका अध्यक्ष राधा गौतम लगायतको उपस्थिति रहेको थियो । अध्यक्ष शेर बहादुर सुनारको अध्यक्षतामा भएको कार्यक्रमको संचालन उमेश थारुले गर्नुुभएको थियो भने स्वागत मन्तव्य गोविन्द हमालले गर्नुभएको थियो ।