विन्दु चौधरी
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले देशव्यापी जनसम्बन्ध विस्तार अभियान अन्तर्गत बर्दियाको बाँसगढीमा कोणसभा सम्पन्न गरेको छ । मोहन वैद्य ‘किरण’ नेतृत्वको उक्त पार्टीले जनतासँगको सम्बन्ध मजबुत बनाउन तथा संगठनलाई सशक्त बनाउन अभियान थालेको हो । पार्टीका स्थायी कमिटी सदस्य कृष्ण पौडेलका अनुसार एकता महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई जनताबीच पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो । उहाँका अनुसार शिक्षा, स्वास्थ्य र सञ्चार क्षेत्रको राष्ट्रियकरण आवश्यक रहेको पार्टीको धारणा छ । यस अभियान चैत ४ गतेदेखि सुरु भई आगामी बैशाख १८ गतेसम्म सञ्चालन हुने जनाइएको छ । चार टोली बनाएर सञ्चालन गरिएको अभियान अन्तर्गत कञ्चनपुर, कैलाली हुँदै आएको टोलीले बाँसगढीमा कोणसभा सम्पन्न गरेको हो ।