खोजि गर्नुहोस..

निःशुल्क शिविरबाट बाँसगढी क्षेत्रका ३ सय बढी दाँतका बिरामीले लिए सेवा


हुम कुमार चौधरी ।
बदियाको बाँसगढीमा सञ्चालित एक दिने दन्त शिवरबाट ३ सय बढी दाँतका विरामीले सेवा लिएका छन । रेडियो गुर्बाबा एफएम बाँसगढी र कौशिल्या मेमोरियल अस्पताल कोहलपुर ९ हवलदारपुर बाँकेको सहकार्यममाम रेडियो गुर्बाबा एफएमको भवनमा विहिबार एक दिने दन्त शिविर भएको थियो । निःशुल्क दन्त शिविरमा ३ सय ११ जना दाँतका विरामीहरुले सेवा लिएका छन् । सेवा लिएका विरामीहरु मध्य ५० जना विरामीको दाँत निकालिएको अर्थोडेन्टीस डा विश्वनाथ चौधरीले जानकारी दिनुभयो ।

निःशुल्क शिविरमा आएका दाँतका बिरामीहरुको दाँत निकालने, गिजाँ तथा दाँतको उपचार सँगै निशुल्क औषधि समेत वितरण गरिएको थियो । कौशिल्या मेमोरियल अस्पताल कोहलपुर ९ बाँकेको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको रेडियो गुर्वावा एफ एमका प्रवन्ध निर्देशक एकराज चौधरीले जानकारी दिनुभयो । ग्रामिण क्षेत्रका दाँत सम्वन्धि समस्या रहेका विरामीहरुलाई सेवा दिने उदेश्यले शिविरको आयोजना गरिएको रेडियो गुर्वावा एफ एमका स्टेसन म्यानेजर पुष्पा चौधरीले जानकारी दिनुभयो । कौशिल्या मेमोरियल अस्पतालका म्यानेजर डाक्टर चन्द्र बहादुर महोत्व, अर्थोडेन्टीस डा विश्वनाथ चौधरी, दन्त रोग विशेषज्ञ आश्मा जिसी, अरसद अन्सारी लगाएतको टोलीले सेवा दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *