✍️ खुशी राम चौधरी,
प्रशिक्षार्थी पत्रकार ।
मुक्त कमैया तथा मुक्त कम्लहरीहरुको समस्या समाधानका लागि आगामी आर्थिक वर्ष अगावै कार्यविधि बनाउने बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहिले प्रतिवद्धता जनाउनु भएको छ । युवाहरुको अगुवाईमा मुक्त कमैया कम्लहरी पुनस्र्थापना कार्यविधि सम्बन्धी पालिका स्तरिय अन्र्तक्रिया कार्यक्रममा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएका हो । प्रत्येक वर्ष मुक्त कमैया तथा मुक्त कम्लहरी लक्षित बजेट विनियोजन गर्दै आएको जनकारी गराउदै यस आ.व. मा २ लाख बजेट विनियोजना गरको बताउनु भयो । यस गाउँपालिकामा कृषक पेशा गर्नेको बाहुल्यता रहेको छ । त्यसैले आर्थिक क्रान्ती गर्न कृषी व्यवसायलाई प्रर्वद्धनमा विशेष जोड दिएको उहाँको भनाई छ । “कृषी यान्त्रिकरणका लागि ७० प्रतिशत अनुदानमा गाउँपालिकाले दिनेगरको बताउदै कृषकहरुले ३० प्रतिशत मात्र लागि गर्न पर्ने बताउनु भयो ।” सिचाईमा कृषकहरुको पहुँच वृद्धिका लागि सिचाँइ मोटर, सेक्सन पाईप, धान काट्ने मेसिन, धान रोप्ने मेसिन अनुदानमा दिएको बताउनु भएको छ ।
मुक्त कमैया, मुक्त कम्लहरीहरु संगठित भई समुह बनाएर बैधानिक रुपमा दर्ता गरी योजना माग गर्नको लागि मुक्त कमैया कम्लहरीलाई अनुरोध पनि गर्नु भयो । आर्थिक रुपले विपन्नताको कारण शिक्षाबाट बञ्चित नहोस भनेर मुक्त कम्लहरीहरुलाई कक्षा ११ र १२ निःशुल्क पढाउने वतावरण बनाएको जनकारी दिनु भयो । यसरी मुक्त कमैया कम्लहरीको लागि कार्य गर्दै आएको जनकारी गराउदै, मुक्त कमैयाहरुको नीतिगत रुपमा यसै आर्थिक वर्ष भित्र मुक्त कमैया पुर्नस्थापना कार्यविधि बनाउने प्रतिवद्धता गर्नु भएको हो ।

पालिका उपाध्यक्ष निमर्ला रोकायले भौतिक पुर्वधार विकास अन्र्तगत ५ वटा ठुला पुल बनेको बताउनु भएको छ । मुक्त कमैयाको एउटा समस्या भनेको प्राप्त जग्गाको स्वामित्व फुकुवा हो । त्यसका लागि हामीहरुले राष्ट्रिय भूमि आयोग र संघमा पनि कुरा राखेका छौं । संघिय माननीय ज्यू ले मैले माथिल्लो तहमा राख्ने कुरा राख्छु, यहाँको मालपोतमा जाने कुरा स्थानीयबाट गर्नुस भन्नु भएको छ, त्यसै अनुरुप पालिकाबाट पत्र प्राप्त भईसकेको जनकारी गराउनु भयो । वडा अध्यक्ष मुक्त कमैया तथा कम्लहरीको आर्थिक तथा समाजिक वृत्तिविकासका लागि उनीहरुको पक्षमा कार्य गर्न प्रतिवद्ध रहेका बताउनु भयो ।

कार्यक्रममा सहभागि मुक्त कमैयाहरुले भौतिक, आर्थिक तथा समाजिका विकासको लागि योजना माग गरेका थिए । निमनगर वस्तीको मुक्त कमैयाहरुले सिचाईको समस्या भएको, भौतिक विकासका पुर्वाधारहरु पुल विकास नभएको बताउदै सो समस्या समाधान गरि दिन माग गरेका छन् । मुक्त कमैया पुर्नस्थापनाको क्रममा घर निमार्णका लागि काठ वापतको १ लाख रकम केहि मुक्त कमैयाहरुले प्राप्त नगरेका बताउदै सो रकम उपलव्ध गराउन हरिकला चौधरी माग गर्नु भएको छ । कार्यक्रमका सभाध्यक्ष तथा मुक्त कमैया समाज पालिका समिती अध्यक्ष मेवालाल थारुले जतिसक्दो छिट्टै मुक्त कमैया पुर्नस्थापना कार्यविधि निमार्ण गरि मुक्त कमैयाहरुको समस्या सम्बोधन गरिदिन स्थानीय सरकारसंग आग्रह गर्नु भएको छ ।

मुक्त कमैया, कम्लहरीको पहिचान, पुर्नस्थापना र वृत्तिविकासको लागि स्थानीय तहको भुमिका कस्तो हुने पर्छ भन्ने विषयबस्तुमा केन्द्रित भई मुक्त कमैया कम्लहरी र स्थानीय सरकार विच अन्र्तक्रिया भएको कमैया महिला जागरण समाज नेपालका समाजिक परिचालक प्रेम कुमारी थारुले जानकारी गराउनु भएको छ । एक्सन एड नेपालको आर्थिक सहयोग, कमैया महिला जागरण समाज नेपाल आयोजना, बैजनाथ गाउँपालिकाको समन्वय र मुक्त कमैया समाजको सहकार्यमा २०८१ चैत ११ रामपुर बाँकेमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, मुक्त कमैया समाज प्रदेश, जिल्ला, पालिका समिती पदाधिकारीहरु र विभिन्न बस्तीबाट मुक्त कमैया तथा मुक्त कम्लहरीको सहभागिता रहेको थियो । मुक्त कमैया समाज केन्द्रिय सदस्य सुनिता चौधरी कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।