खोजि गर्नुहोस..

बाँसगढीमा १९ देखि २८ गते सम्म संन्चालन भएको निशुल्क आँखा शिवीरमा १ हजार भन्दा धेरै जनले सेवा लिए

चैत २८गते
बाँसगढीमा १९ गते देखि २८ गते सञ्चालित निशुल्क आँखा शिवीर सम्पन्न भएको छ । नगरपालिकाको ९ वटा वडामा भएको निशुल्क आँखा शिवरमा १ हजार ३ सय ६८ जनाको आँखा जाँच गरिएको छ । जसमध्ये २ सय ५८ जनालाई निशुल्क आँखा अप्रेशनको लागि फत्तेबाल आँखा अस्पताल नेपालगञ्जमा रेफर गर्नुको साथै आतेजाते यातायात व्यावस्था पनि गरिएको नेत्र अधिकृत छन्दुलाल थारु जनकारी दिनु भएको छ। बाँसगढी नगरपालिको समन्वय, फत्तेबाल आँखा अवस्पताल नेपालगञ्जको आयोजना र तेज कोहोली रुईत फाउण्डेशन काठमाण्डौको सहयोमा निशुल्क शिविर सञ्चालन गरिएको हो ।

शिवरमा पहिलो दिन १९ गते बेलावा स्वास्थ्य चौकीमा १ सय ३ जनाको आँखा परिक्षण गर्दा १८जनालाई रेफर गरिएको छ । २० गते आधारभुत स्वास्थय केन्द्र पुष्प नगरमा भएको शिवरमा १ सय ४७ जनाको आँखा परिक्षण गरिएकोमा ३७ जनालाई रेफर गरिएको छ । २१ गते अधारभुत स्वस्थ्य केन्द्र बठुवा भएको शिविरमा १ सय २७ जनाको आँखा जाच गरिएकोमा २१ जनालाई रेफर गरिएको छ । २२ गते आँखा उपचार केन्द्र बाँसगढीमा २ सय १५ जनाको आँखा जाच गरिएकोमा ३५ जनालाई रेफर गरिएको छ ।

त्यसैगरी २३ गते आधारभुत स्वास्थ्य केन्द्र दमौलीमा २ सय ७५ जनाको आँखा जाचगर्दा ७० जनालाई रेफर गरिएको छ । २४ गते ढेउढाकला स्वास्थ्य चौकीमा भएको शिविरमा २ सय ५ जनाको आँखा चेक गर्दा ३८ जनालाई रेफर गरिएको छ । २६ गते आधारभुत स्वास्थ्य केन्द्र ककौरामा १ सय १८ जनाको आँखा जाच गर्दा २१ जनालाई रेफर गरिएको छ । २७ गते अधारभुत स्वास्थय केन्द्र थुम्नी ८३ जनाको आँखा जाच गर्दा ८ जना लाई रेफर गरिएको छ । भने २८ गते शिविरको अन्तीम दिन आधारभुत स्वास्थ्य केन्द्र बबई चेपांगमा ९५ जनाको आँखा जाच गरेकोमा १२ जनालाई निशुल्क आँखा अप्रेसनको लागि फत्तेबाल आँखा अस्पताल नेपालगञ्जमा रेफर गरिएको अस्पतालका नेन्त्र अधिकृत छन्दुलाल थारुले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *