अनोज थारु ।
६६ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा बाँसगढीमा अन्तक्र्रिया गरिएको छ । सहकारीको दिगोपन, स्वनियमन र सुशासन भन्ने मुल नारालाई सार्थक हुने गरी सहकारीका समसामायिक मुद्धाहरुलाई उजागर गर्न अन्तरक्र्रिया कार्यक्रम गरिएको हो । देशभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय सहकारी दिवस मनाईएको र बर्दियाको बाँसगढीमा पनि आईतवार अन्तक्र्रिया कार्यक्रम गरी दिवस मनाईएको हो ।
अन्तक्र्रिया कार्यक्रममा सहभागिहरुले सहकारीहरु पछिल्लोे समयमा घेराबन्दीमा परिरहेको बताएका छन् । लद्युवित्तका कारण सहकारी संस्थाहरुलाई नागरिकले विश्वास गर्न छोडि सकेको साना किसान कृषि सहकारी संस्था लि. लक्ष्मणाका अध्यक्ष देवीसरा जैसीले बताउनु भयो । एक दुई सहकारी संस्थाहरुले गल्ती गर्दैमा सवै सहकारीलाई एउटै रुपले हेर्न नहुने अन्नपुर्ण बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष भक्तिराम अधिकारीले बताउनु भयो । उहाँले सहकारी संस्थालाई चुस्तदुरुस्त बनाउन कर्मचारीहरुलाई लेखा सम्बन्धी तालिम दिन आवश्यक रहेकोमा जोड दिनुभयो । सहकारीहरुको लक्ष्य, उदेश्य सँगै आर्थिक हैसियत पनि फरक फरक भएकाले सबै एउटै मञ्चमा आउनु पर्ने जैविक विविधता सहकारी संस्थाका अध्यक्ष देव बहादुर भण्डारीको जोड थियो । त्यस्तै पुष्पकमल बहुउदेश्य सहकारी संस्थाका अध्यक्ष शिव कुमारी सापकोटाले समाजमा महिलाहरुलाई सहकारी संस्थाले बचत गर्न सिकाएको बताउनु भयो ।
अन्तक्र्रिया कार्यक्रममा सहकारी सञ्जाल बाँसगढीका कोषाध्यक्ष जुना खड्काले सुरुवाती चरणमा सहकारी संस्थाले गरेका कामका बारेमा जानकारी दिदै सहकारी क्षेत्रमा देखिएका समस्या र चुनौतिहरुका बिषयमा समेत चर्चा गर्नुभएको थियो । कार्यक्रममा उठेका प्रशासनिक समस्या तथा प्रश्नहरुको सम्बोधन बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेलले गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुले सल्लाह सुझाव सँगै विभिन्न गुनासाहरु समेत पोखेका थिए ।
बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले सहकारी संस्थाको अप्ठ्यारो परिस्थितिलाई सहजता प्रदान गर्न नै अन्रक्र्रियाको आयोजना गरिएको बताउनु भयो । विगतमा बंैकहरु गाँउघरमा नपुगेको बेला सहकारी संस्थाले नै सबैलाई सहयोग गरेको थियो उहाँले भन्नुभयो । तर आज आएर निश्चित पुँजीबादीहरुले सहकारी संस्थालाई हमला गरिरहेका छन । नगर प्रमुख खड्काले सहकारी संस्थाको कबज भएर नगरपालिकाले रक्षा गर्ने समेत बताउनु भयो । सहकारीहरु एउटै मञ्चमा आउनुको विकल्प नभएकाले सहकारीहरुले आ–आफ्नो भेलाबाट निर्णय गर्नु पर्नेमा समेत नगर प्रमुखको जोड थियो । बाँसगढी नगरपालिकाको आयोजना भएको अन्तक्र्रिया कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र सहकारी संस्थाका पदाधिकारीहरुको उस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन बाँसगढी नगरपालिकाका सूचना अधिकारी क्षितिज पौडेलले गर्नु भएको थियो ।