खोजि गर्नुहोस..

बाँसगढी नगरपालिका द्धारा नयाँ एम्बुलेन्स खरिद


बर्दियाको बाँसगढी नगरपालिकाले नयाँ एम्बुलेन्स ल्याएकोे छ । बाँसगढी नगरपालिकाका नागरिकहरुलाई लक्षित गर्दै मंगलबार नगरपालिकाले एम्बुलेन्स ल्याएको छ । एम्बुलेन्स खरिदका लागि सिर्जनशील समाज नेपाल बाँसगढीले देउसी भैलो सँगै विभिन्न सहयोग दाताबाट जम्मा भएको रकम १० लाख ५० हजार र बाँकी अपुग रकम थप्दै बाँसगढी नगरपालिकाले एम्बुलेन्स ल्याएको नगर प्रमुख खडक बहादुर खड्काले बताउनु भयो । एम्बुलेन्स मंगलबार बाँसगढीमा आईपुगेको र सञ्चालन कार्यविधि बनाएर फागुन १ गते देखी नगर अस्पताल मार्फत सञ्चालन गरिने नगर प्रमुख खड्काले बताउनु भयो । १८ लाख ५५ हजार ८ सय ३७ रुपौया एम्बुलेन्स र १ लाख १३ पोर विल जोडनलाई १ लाख १३ हजार गरी कुल १९ लाख ८९ हजार ४ सय ७० रुपैयामा एम्बुलेन्स खरिद गरिएको स्वास्थ्य शाखा प्रमुख घनश्याम केसीले जानकारी दिनु भयो । एम्बुलेन्स खरिदको लागि २०७८ असोज ४ गते सिर्जनशील समाज नेपाल बाँसगढीले १० लाख ५० हजार रुपैयाँ नगरपालिकालाई उपलब्ध गराएको समाजका कार्यबाहक अध्यक्ष लक्ष्मी विकले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *