पाँचौ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि नेपाल राष्ट्रिय माध्यामिक विद्यालय लक्ष्मणपुरले जितेको छ । बर्दियाको बाँसगढी ८ रिहारपुरको नगर स्तरीय खेलमैदानमा माघ २० देखी २४ गते सम्म सञ्चालन भएको रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि नेरा मावि लक्ष्मणपुरले जितेको हो । नगर स्तरीय मेयर कपको लगायत ४ पटक उपाधि उचालेको लक्ष्मणपुरले पाँचौ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको प्रथम उपाधि पनि उचालन सफल भएको छ । मावि तर्फ नेरा मावि लक्ष्मणपुरले १७ स्वर्ण, ८ रजत र ९ कास्य गरी ३५ पदक सहित प्रथम भयो भने लक्ष्मी मावि चेपाङ्ग ८ स्वर्ण, ९ रजत र ३ कास्य पदक सहित दोस्रो भएको छ ।
त्यस्तै नेरा मावि बाँसगढी ७ स्वर्ण, ३ रजत र ६ कास्य पदक सहित तेस्रो र पृथ्वी मावि लखना ३ स्वर्ण, २ रजत, ५ कास्य पदक सहित चौथो भएको छ । रनिङ्ग शिल्ड प्रतियोगितामा यस बर्ष आधारभुत विद्यालय तर्फ पनि छुटै प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा आवि तर्फ ३ स्वर्ण पदक सहित नेपाल राष्ट्रिय माध्यामिक विद्यालय बाँसगढी प्रथम भएको छ ।
त्यस्तै आधारभुत विद्यालय तर्फ २ स्वर्ण र २ रजत पदक सहित असदच मावि दोस्रो भएको छ भने २ स्वर्ण, २ कास्य पदक सहित रामजानकी मावि भैसासुर तेस्रो भएको छ । प्रतियोगितामा छात्र छात्रा तेक्वान्दो, कराँते, भलिवल, कबड्डी, सटपट थ्रो, ज्यावलिङ थ्रो, हाईजम्प, लङ्जम्प, त्रिपलजम्प, हिट, दौड लगायतका खेलहरु भएका थिए । प्रतियोगितामा विभिन्न विद्यामा प्रथम, द्धितिय, तृतिय खेलाडी, उत्कृष्ट खेलाडीहरुलाई नगर प्रमुख खडक बहादुर खड्का, २ नं वडा अध्यक्ष अर्जुन खड्का, ९ नं वडा अध्यक्ष चन्द्र बहादुर शाही लगायत विभिन्न अथितिहरुले प्रतियोगिलाई शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।
त्यस्तै प्रतियोगिता सफल पार्न सहयोग गर्ने सहभागि विद्यालय, खेल प्रशिक्षक, प्राविधिक, विभिन्न संघ संस्था तथा व्यक्तित्वहरुलाई समेत प्रसंसा पत्र सहित सम्मान गरिएको थियो । रनिङ्ग शिल्ड प्रतियोगिता मुल समिति संयोजक तथा बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले समापन गरेको कार्यक्रममा नगर उपप्रमुख ईन्दिरा चौधरी, शिक्षा शाखा प्रमुख छत्र शाही लगायतको सहभागिता रहेको थियो । समापन कार्यक्रममा प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबैलाई रामजानकी माविका प्रधानाध्यपक नारायण प्रसाद शर्माले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
बाँसगढी नगरपालिकाको आयोजना र रामजानकी मावि भैसासुरको संयोजन तथा व्यवस्थापनमा सञ्चालन गरिएको प्रतियोगितामा मावि र आधारभुत विद्यालय गरी ३० विद्यालयहरुले सहभागिता जनाएका थिए ।