खोजि गर्नुहोस..

जारी रनिङ शिल्ड प्रतियोगितमा तेक्वान्दो तर्फका खेल सकिए

बाँसगढी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तेक्वान्दो तर्फका खेल सकिएका छन् । शुक्रबार देखी सुरु भएको रनिङ शिल्ड प्रतियोगितामा शशनिबार तेक्वान्दो छात्र छात्रा दुबै तर्फका खेल सकिएको रामजानकी मावि भैसासुरका शिक्षक खगेन्द्र चन्दले बताउनु भयो ।

छात्र ४५ केजी तर्फको खेलमा लाली गुँरास मावि माछागढका खगेन्द्र राना प्रथम, नेरा मावि लक्ष्मणपुरका शकिल जाँगा द्धितिय, नेरा मावि बाँसगढीका रमेश परियार र पवन गिरी तृतिय भएका छन ।

त्यस्तै तेक्वान्दो ४८ केजी तर्फको खेलमा गोल्डेन फ्युचर वेलवाका सविन चौधरी प्रथम, रामजानकी मावि भैसासुरका आदित्य केसी द्धितिय र नेरा मावि लक्ष्मणपुरका बिशेष थारु र पुर्णहिरा मावि लक्ष्मणाका सुदिप बुढा तृतिय भएका छन । छात्र ५१ केजी तर्फको खेलमा नेरा मावि लक्ष्मणपुरका साहिल जाँगा प्रथम, नेरा मावि बाँसगढीका विवश थापा द्धितिय र नेरा मावि लक्ष्मणपुरका केशव विक र रिदेश थारु तृतिय भएका छन । छात्र ४२ केजीको खेलमा लक्ष्मी मावि चेपाङका मोहन विक प्रथम, पृथ्वी मावि लखनाका ललित सिंह ठकुरी द्धितिय र पृथ्वी मावि लखनाका देवीलाल पौडेल र लक्ष्मी मावि चेपाङका निर्मल विक तृतिय भएका छन ।

छात्र ४७ केजीको खेलमा पृथ्वी मावि लखनाका नविन विक प्रथम, लक्ष्मी मावि चेपाङका रोसन रोकाय द्धितिय र पृथ्वी मावि लखनाका शक्ति थारु तृतिय भएका छन । तेक्वान्दो ४२ केजी तर्फको खेलमा पृथ्वी मावि लखनाका दिपक चौधरी प्रथम, लक्ष्मी मावि चेपाङका विवेक भट्टराई द्धितिय र नेरा मावि लक्ष्मणपुरका जय बहादुर शाही र जनता मावि बनमडुवाका निराजन बस्याल तृतिय भएका छन ।

छात्र एकल काता तर्फ लक्ष्मी मावि चेपाङका मोहन विक प्रथम, पृथ्वी मावि लखनाका नविन बिक द्धितिय र पृथ्वी मावि लखना कै दिपक चौधरी तृतिय भएका छन । भने छात्र तेक्वान्दो खेल तर्फ पृथ्वी मावि लखनाका दिपक चौधरी उत्कृष्ट खेलाडी बनेका छन ।

त्यस्तै तेक्वान्दो छात्रा ४० केजी तर्फको खेलमा लक्ष्मी मावि चेपाङका भुमिका वली प्रथम, ४५ केजी तर्फको खेलमा पनि लक्ष्मी मावि चेपाङका कमला वली प्रथम र पबित्रा परियार द्धितिय भएका छन । छात्रा ५० केजी तर्फको खेलमा पृथ्वी मावि लखनाका अरुणिमा थारु प्रथम र जनता मावि बनमडुवाका निशा थारु द्धितिय भएका छन । छात्रा एकल काता तर्फ लक्ष्मी मावि चेपाङका कमला वली, लक्ष्मी मावि चेपाङ कै भुमिका वली द्धितिय र पृथ्वी मावि लखनाका अरुणिमा थारु तृतिय भएका छन । तेक्वान्दो छात्रा तर्फ लक्ष्मी मावि चेपाङका कमला वली उत्कृष्ट खेलाडी बनेकी छिन । प्रतियोगितामा छात्र छात्रा भलिवल, कबड्डी लगायतका पहिलो चरणका खेल सकिएका छन भने केही सुरु भएका छन । प्रतियोगिता माघ २४ गते सम्म चल्ने छ । 

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *