हुुम कुुमार चौधरी ।
नेपाल राष्ट्रिय माध्यामिक विद्यालय लक्ष्मणपुुरको विद्यालय व्यवस्थापन समितिका सदस्यहरुलाई सथप ग्रहण सँगै प्रमाण पत्र वितरण गरिएको छ । विद्यालय व्यवस्थापन समितिका लागि भएको निर्वाचनबाट निर्वाचित खुुल्ला तर्फ भुुपाल खड्का र सफिक जागा, महिला तर्फ रामकृष्णी थारु र रेवती कुुमारी दमाईलाई सपथ ग्रहण सँगै प्रमाण पत्र वितरण गरिएको हो ।
खुल्ला सदस्य तर्फ ४ जनाको उम्मेद्धारी परेकोमा भुपाल खड्काले २ सय ७३ मत र सफिक जागाले २ सय ६८ मत ल्याएर विजय हुनु भएको छ, भने प्रतिस्पर्धी दिपक अधिकारी २ सय ३६ मत र जलमा प्रसाद थारुले २ सय २६ मत प्राप्त गर्नु भएको थियो । त्यस्तै महिला सदस्य तर्फ २ पदको लागि ४ जनाको उम्मेदवारी परेको थियो । जसमा रामकृष्णी थारुले २ सय ५९ मत र रेवती कुमारी दमाई (रेखा)ले २ सय ६७ मत सहित विजय हुनु भएको थियो । उहाँका प्रतिस्पर्धी रिमा थारुले २ सय ३२ मत र मिना कुमारी सुनार नेपालीले २ सय २५ मत प्राप्त गुर्न भएको थियो । कुल ७ सय २० मत रहेकोमा ५सय ५५ मत खसेको थियो भने ३३ मत बदर भएको थियो ।
निर्वाचित सदस्यहरुलाई निर्वाचन समितिका संयोजक तथा शिक्षा शाखा बाँसगढीका प्रमुुख मन प्रसाद रेग्मीले सपथ ग्रहण सँगै प्रमाण पत्र वितरण गर्नुभएको थियो । सपथ ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रममा बाँसगढी ४ का वडा अध्यक्ष कृष्ण प्रसाद बास्तोला लगायतको सहभागिता रहेको थियो । शिक्षा ऐन २०२८ को दफा १२ अनुसार निर्वाचित ४ जना सदस्य, प्रधानाध्यापक सदस्य सचिव, शिक्षक प्रतिनिधि १, वडा प्रतिनिधि १ गरि ७ जनाले २ जनालाई मनोनित गरि ९ जना चयन गरिने व्यवस्था छ । ९ जना सदस्य मध्येबाट एक जनालाई सर्वसहमत अथवा बहुमतको आधारमा विद्यालय व्यवस्थापन समितीको अध्यक्षमा चयन गर्ने व्यावस्था रहेको विद्यालयका प्रधानाध्यापक अर्जुुन प्रसाद तिवारीले बताउनु भयो ।