हुम कुमार चौधरी ।
बाँसगढी नगरपालिका वडा न ५ मा रहेको बाँसगढी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा ३ प्यानल विच प्रतिस्पर्धा हुदै छ । स्वातन्त्र विद्यार्थी युनियनको सभापतिको लागि अनेरास्ववियु, ने.वि.संघ र अखिल क्रान्तिकारी प्यानल विच प्रतिस्पधर्ना हुने भएको हो । अनेरास्ववियुको प्यानल बाट सभापतिमा शेर बहादुर गुजर, ने. वि. संघको प्यानल बाट सभापतिमा उस्मान अन्सारी र अखिल क्रान्तिरकारीको प्यानल बाट सभापतिमा रवि वि.क विच कडा प्रतिस्पर्धा हुने भएको छ ।
अनेरास्ववियुको प्यानल बाट सचिव मनिष योगी, कोषाध्यक्षमा सुदिप थारु, सदस्यरुमा शुशिला पुन मगर, सुस्मिता थारु, यामराज नेपाली, रचना पौडेल र सम्झना चौधरी रहनु भएको छ । ने. वि. संघ प्यानल बाट सचिवमा सुजन थारु, कोषाध्यक्ष विन्दु खड्का सदस्यहरुमा आस्था श्रीपाईली, इरेन कुमारी थारु, सृष्टी भण्डारी, दिलमाया सुनार र रोहित तिवारी रहनु भएको छ । त्यसैगरी अखिल क्रान्तिकारी प्यानल बाट सचिव हरि शाही कोषाध्यक्ष रमिता थारु, सदस्यहरुमा विपना थारु, मनिषा गिरी, स्वस्तिका जैसी, रिया थारु र अनिस वि.क रहनु भएको छ ।
चैत ५ गते हुने चुनाव स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको लागि बाँसगढी बहुमुखि क्याम्पसका तीन विद्यार्थी प्यानलका उम्मेदवारहरुले निर्वातन आचार संहिता भित्र रहेर प्रचार प्रसारमा हरेका छन् । भने चुनावको मौन अवधि आज राति १२ बजेदेखि सुरु हुने छ । स्ववियु निर्वाचन चैत ५ गते विहान ८ बजेदेखि अपराह्न ४ बजे सम्म सञ्चालन हुने निर्वाचन बलराम भुजेलले जनकारी दिनु भएको छ ।