खोजि गर्नुहोस..

१५ सय मिटर दौडमा नेरा मावि लक्ष्मणपुर र बाँसगढी प्रथम

रावन विश्वकर्मा,

पाँचौ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खेलहरु सुरु भएका छन् । प्रतियोगिताको उद्घाटनका दिन छात्र छात्रा १५ सय मिटर दौड तर्फ २ खेल भएका छन् । १५ सय मिटर दौड छात्र तर्फ नेरा मावि लक्ष्मणपुका बिनायक थारु प्रथम भएका छन् । त्यस्तै लक्ष्मी मावि चेपाङ्गका हेमन्त दमाई द्धितिय र भृकुटी मावि डेउढाकलाका उपेन्द्र यादव तृतिय भएका छन । त्यस्तै छात्रा १५ सय मिटर दौड तर्फ नेरा मावि बाँसगढीका अरुणा थारु प्रथम भएकी छिन । छात्रा दौड तर्फ जनप्रिय मावि दमौलीका शर्मिला कठायत द्धितिय र नेरा मावि लक्ष्मणपुरका प्रियङ्गा खरुमगर तृतिय भएकी छिन । खेलमा प्रथम, द्धितिय र तृतिय खेलाडीहरुलाई बाँसगढी नगर नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले मेडल र प्रमाण पत्र वितरण गर्नु भएको छ । प्रतियोगिताको पहिलो दिन प्रथम स्थान हात पार्दै नेरा मावि लक्ष्मणपुर र नेरा मावि बाँसगढीले १।१ स्वर्ण पदक हात पारेका छन । भने नेरा मावि लक्ष्मणपुरले स्वर्ण पदक सँगै १ कास्य पदक पनि हात पारेको छ । त्यस्तै लक्ष्मी मावि चेपाङ्गले १ रजत, जनप्रिय मावि दमौलीले १ रजत र भृकुटी मावि डेउढाकलाले १ कास्य पदक पाएको छ । प्रतियोगितामा दोस्रो दिन मावि र आवि तर्फ २ सय मिट हिट, हाईजम्प ४ सय मिटर हिट, छात्र छात्रा भलिबल, कबड्डी लगायतका खेल हुने प्रतियोगिता मुल आयोजक समितिका सदस्य सचिव तथा रामजनकी मावि भैसासुरका प्रधानाध्यापक नारायण प्रसाद शर्माले जानकारी दिनुभयो । प्रतियोगितामा आधारभुत र मावि गरी ३० विद्यालयले भाग लिएका छन । प्रतियोगिता माघ २४ गते सम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *