खोजि गर्नुहोस..

बर्दियामा ५ सय ७५ जना उम्मेदवारले अझै बुझाएन्न खर्च विवरण

बर्दियामा ५ सय ७५ जना उम्मेदवारले गएको बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा भएको खर्च अझै बुझाएका छैन् । निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिन भित्र उम्मेदवारहरुले निर्वाचनमा लागेको खर्च वितरण बुझाउनु पर्ने प्रावधान ऐनमा छ । तर बर्दियाका अधिंकाश उम्मेदवारहरुले निर्वाचनमा लागेको खर्च वितरण बुझाएका छैन । बुझाएका उम्मेदवारहरुले पनि सयम सिमा भन्दा ढिलो बुझाएका छन । जिल्ला निर्वाचन कार्यालय बर्दियाका अनुसार बर्दियामा निर्धारित समयमा ६ सय ७० जनाले निर्वाचन खर्च वितरण बुझाएका छन । त्यस्तै ढिला गरी बुझाउने उम्मेदवार ४ सय ५९ जना छन् भने ५ सय ७५ जना उम्मेदवारले खर्च विवरण नै नबुझाएको जिल्ला निर्वाचन कार्यालय बर्दियाका प्रमुख कृष्ण बहादुर कुंवरले जानकारी दिनुभयो । आयोगले निर्वाचन आयोग ऐन २०७३ को दफा २६ को उपदफा १ अनुसार जरिवानाको सूचना समेत सार्वजनिक गरेको छ । निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने प्रावधान उक्त ऐनमा छ । पराजित भएकाहरूको हकमा जरिवाना नतिरे उम्मेदवार बन्न नपाउने र विजयी भएकाहरूले ६ महिना भित्र जरिवाना नतिरे उनीहरूको पद जाने व्यवस्था ऐनमा छ । निर्वाचन आयोगले निर्धारित समयमा निर्वाचन खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६२४ उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको छ । आयोग आफ्नो निर्णयमा अडिग रहे उनीहरुले जरिवाना तिर्नुपर्ने छ । जरिवाना पर्नेमा निर्वाचित र पराजित दुवैखाले उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *