खोजि गर्नुहोस..

बर्दियामा ३ हजार ८ सय ३१ जनाले म्यादी प्रहरीका लागि आवेदन बुझाए

असोज ५ गते
बर्दियामा म्यादी प्रहरीको लागि ३ हजार ८ सय ३१ जनाले आवेदन बुझाएका छन् । म्यादी प्रहरीको भर्ना प्रक्रियाको सतौ दिन बुधबार सम्म बर्दियामा ३ हजार ८ सय ३१ जनाले म्यादी प्रहरीको लागि आवेदन बुझाएका छन् । आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि गत बिहीबार देखी सुरु भएको आवेदन बुझाउने अवधि बिहीबार सम्म चल्ने छ । पछिल्लो समय बेरोजगारीको मारमा परेका युवाहरुको लागि म्यादी प्रहरी आकर्षण बनेको छ ।

घरमा खाली बसेका युवा, बैदेशिक रोजगारबाट फर्किएका र भुपु सैनिक प्रहरीको म्यादी प्रहरी प्रति आकर्षण बढेको हो । बुधबार साँझ ५ बजेसम्म ३ हजार ८ सय ३१ जनाले म्यादी प्रहरीको लागि आवेदन दर्ता गराएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हिक्मत बहादुर बोहराले जानकारी दिनुभयो ।

आवेदन बुझाएकालाई असोज ७ गते सम्पर्क मिति तोकिएको छ । असोज ९ गते देखि १४ गतेसम्म छनौट गर्ने, असोज २५ गते म्यादी प्रहरीमा छनौट भएकाको नाम सार्वजनिक गर्ने र अन्तिममा छनौट भएका म्यादी प्रहरीलाई असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म तालिम दिने जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *