खोजि गर्नुहोस..

महोत्सव मुल आयोजक समितिका संयोजक रामसिह थारुसँग को कुराकानि

बाँसगढी उद्योग वाणिज्य संघको मुख्य आयोजनामा सञ्चालन हुन गइरहेको महोत्सवको तयारीको बारेमा संघका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक रामसिह थारुसँग को कुराकानि

बाँसगढीमा महोत्सव आयोजना गर्नुको मुख्य उद्देश्य के हो ?

स्थानीय स्तरमा उत्पादन वस्तुहरुलाई प्रर्वद्धन गर्नको निम्ति हाम्रा यहाँका किसानहरुसँग उत्पादन चिजहरुलाई हामीले प्रर्वद्धन गर्ने, हाम्रो पहिचानलाई चिनाउन, यहाँको कला संस्कृति, भेषभुषा, धार्मिक एंव पर्यटकीय स्थलहरुको प्रचारप्रसार, लद्यु उद्यम, हस्तकला, घरेलु तथा साना उद्योग, कृषि तथा कृषिमा आधारित व्यवसायलाई नयाँ प्रविधिको जानकारी, स्वदेशी उद्योगलाई प्रतिस्पर्धी उद्योगको रुपमा उन्मुख गराउन, स्थानीय तहको संस्कृतिको प्रचार प्रसार र जर्गेना गर्ने विविध उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवको मिति नजिकिदैं जाँदा तयारी कसरी अगाडी बढिरहेको छ नी ?

मेलाको तयारी तीव्र रुपमा अगाडि बढिरहेको छ । हामीले ९७ प्रतिशत काम सकिसकेका छांै । अहिलेसम्म पूर्वपश्चिम राजमार्ग अन्तरगतका चोकहरुमा गेट निर्माण गरिसकेका छांै ।

मेला स्थलमा पनि वरिपरि बार, गेट निर्माणको काम सम्पन्न भइसकेको छ । स्टलहरु निर्माणको काम पनि भइसकेको छ । मेलाको प्रसार प्रसारको लागि पनि बर्दियाका विभिन्न स्थानहरुमा माईकिङ, पर्चा पम्पलेट वितरण, विभिन्न सञ्चार माध्यमहरुमा पनि प्रचारप्रसार तीव्र भइरहेको छ । आन्तरिक तयारी अनुसार लगभग ९७ प्रतिशन तयारी भइसकेको र मेलाको दिनसम्म पूरा तयारी भइसक्नेछ ।

अहिलेको महोत्सव कस्तो होला भन्ने तपाईले अपेक्षा गर्नुभएको छ ?

पहिलाको महोत्सवले हामीलाई पाठ सिकाएको छ । यो क्षेत्रमा बर्दिया जिल्लाकै नमूनाको रुपमा भव्य र सभ्य रुपमा मेला सम्पन्न ग¥यौं । हामी खुसी छौं । सबै दर्शकहरु खुसी हुनुभयो ।

मेलाबाट सोचे जस्तो फाइदा नगरेको भए पनि यहाँ सम्पूर्ण किसान, व्यापारीहरुलाई फाइदा हुने गरी मेलाको आयोजना ग¥यौं । मेला जिल्लामै चर्चाको विषय बन्यो, जिल्लामै नमूनाको रुपमा मेला सम्पन्न भयो । अहिले पनि पहिलेको भन्दा गुणस्तर र सभ्य तयारीकाले सम्पन्न गर्नेछौं भन्ने हामीलाई लागिरहेको छ ।

मेला सञ्चालनको लागी कति वटा उपसमितिहरु बनाएर काम गरिरहनुभएको छ नी ?

मेला सञ्चालनको लागि हामीले १२ वटा उपसमितिहरु बनाएका छौं । जसमा सचिवालय व्यवस्थापनको लागि युगपती पौडेल, प्रचार प्रसार उपसमितिको संयोजकमा एकनारायण अधिकारी, अतिथि सत्कार उपसमिति संयोजकमा पुष्पराज बराल, सुरक्षा व्यवस्थापन तथा युवा परिचालन उपसमिति संयोजकमा कृष्ण प्रसाद बाँस्तोला, मञ्च तथा स्वागतद्वार व्यवस्थापन उपसमितिको संयोजकमा थान प्रसाद भुसाल , साँस्कृतिक तथा झाँकी व्यवस्थापन उपसमिति संयोजकमा शिव देवकोटा, ब्यानर प्रायोजन उपसमितिको संयोजकमा बद्री बराल, विद्युत खानेपानी तथा सरसफाई उपसमिति संयोजकमा ईन्द्रजित बुढा क्षेत्री, यातायात व्यवस्थापनमा श्रीकृष्ण देवकोटा, महिला उद्यमी तथा फुलमाला एवं ब्याच निर्माणमा मायाकुमारी शर्मा, निर्माण तथा बाल उद्यानमा विजया कुमारी शर्मा, आर्थिक तथा टिकट व्यवस्थापनमा भोजराज शर्मालाई जिम्मेवारी दिएका छांै । त्यस्तै मेरो संयोजकमा ५१ जनाको मुल समिति गठन गरेका छौं ।

मेला सञ्चालन अवधिमा आइपर्ने समस्याहरुको व्यवस्थापनको लागि कस्तो व्यवस्था मिलाउनु भएको छ ?

मेला सञ्चालनको अवधिमा शान्ति सुरक्षाको मुख्य चुनौतीको रुपमा देखिन सक्छ भनेर सम्पूर्ण सुरक्षा निकायसँग प्रचार गरेका छौं । त्यसमा उहाँहरुले पनि सहयोग गर्ने प्रतिवद्धता जनाई सक्नुभएको छ । जिल्ला र स्थानीय निकायका सुरक्षा निकायसँग सहयोगको लागि समन्वय गरेका छौं । हामीले युवाहरुको छुटै ग्रुप फोर्स पनि बनाएका छांै । प्राथमिक उपचारको लागि कौसिल्या अस्पतालसँग समन्वय गरेका छौं । आइपर्ने समस्याको लागि एम्बुलेन्सलाई मेला अवधिभर तयारी अवस्थामा राख्ने कुरा गरेका छांै ।

महोत्सव परिसरमा कती वटा व्यवसायीक स्टलहरु रहन्छन् ?

मेलामा करिब १ सय ५० बढी स्टलहरु रहन्छन् । त्यसमा विभिन्न ईलेक्ट्रोनिक्स, कृषि उत्पादन, जडीबुटी, चार पाँग्रे गाडी, ई –रिक्सा, बाल उद्यम, नौटंकी नाँच, हस्तकला लगायतका स्टलहरुले भरिभराउ हुनेछ ।

महोत्सव अवलोकन गर्न आउनै पर्ने विशेषता के–के हुन नी ?

हाम्रो महोत्सवमा यहाँका स्थानीय तहमा उत्पादन भएका हस्तकला, थारु हस्तकला, थारु नृत्य, थारु संस्कृति, मगर संस्कृति, गुरुङ संस्कृति लगायत विभिन्न संस्कृति झल्काउने छौं । त्यस्ता संस्कृतिहरुलाई आकर्षणको रुपमा बनाउने छौं ।

यहाँको मुख्य उत्पादन के हो त भन्ने चिनाउने छौं । बर्दिया पर्यटकीय स्थलको राम्रो सम्भावना भएकाले बाँसगढीमा रहेको ऊँ केदारेश्वर धाम, बढैयाताल, सत्खलुवा सिमसार क्षेत्रको अवलोकन, दुर्लभ कृष्णसारको अवलोकन र राष्ट्रिय निकुञ्जमा पर्यटकहरुलाई हात्ती सवार गरी घुमाउने व्यवस्था समेत मिलाएका छौं ।

त्यस्तै मेला अवधिभरी राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकार र बाँके बर्दिया लगायतका जिल्लामा आफ्नो पहिचान बनाएको बागिना समूहका साथै स्थानीय कलाकारहरुबाट पनि भरपुर मनोरञ्जनको व्यवस्था मिलाएका छौं ।

महोत्सव अवलोकलनको लागि आम समुदायहरुलाई के भन्न चाहानु हुन्छ ?

हाम्रो यो पाँचौ बाँसगढी महोत्सवमा सम्पूर्ण दर्शकहरुले एक पटक अवलोकन गर्नुपर्छ किन भने हाम्रो अनुमान करिब डेढ लाख दर्शकले अवलोकन गर्ने रहेको छ । पहिलाको ईतिहासले पनि बताएको छ ।

अहिले त्यो भन्दा पनि बढी हुन सक्छ । हामी सम्पूर्ण उद्योगी, व्यापारी, सम्पूर्ण सरकारी तथा गैरसरकारी संघ संस्थाहरु र सम्पूर्ण जनसमुदायहरुमा म बाँसगढी उद्योग बाणिज्य संघको तर्फबाट अनुरोध गर्न चाहान्छु की एक पटक जुनसुकै हालतले पनि अवलोकन गर्नु

हुनेछ । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *