खोजि गर्नुहोस..

बाँसगढीको माछागढमा मेलमिलाप केन्द्र स्थापना

मधुर पौडेल, अनलाईन बाँसगढी

बाँसगढी नगरपालिकाको वडा नं ९ को वडा कार्यालयमा वडा स्तरिय मेलमिलाप केन्द्रको स्थापना गरिएको छ । जि आइ जेडको सहयोगमा उक्त मेलमिलाप केन्द्रको स्थापना गरिएको वडा नं ९ का वडा अध्यक्ष जयबहादुर चन्द ठकुरीले बताउनु भयो । एक कार्यक्रमका बिच नगर प्रमुख सालिकराम अधिकारी तथा जे आ इ जेड की क्रेस्टिन नेगलले संयुक्त रुपमा उक्त केन्द्रको स्थापना गर्नु भएको हो ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नगर प्रमुख सालिकराम अधिकारीले स्थानीय निर्वाचन पश्चात नगरपालिकाको जिम्मेवारी अन्तर्गत न्यायिक सम्पादन समेत रहेको भन्दै सवै वडा कार्यालयमा पहिले नै मेलमिलाप केन्द्रको स्थापना गरिएकोमा अझ थप ९ नं वडामा स्थापना गरिएको यस मेलमिलाप केन्द्रले स्थानीय स्तरका बिबादहरुमा दुवै पक्षको जित हासिल हुन थप मद्दत हुने बताउनु भयो ।

कार्यक्रममा जि आइ जेड कि क्रेस्टिन नेगलले यस नगरपालिकामा न्यायीक समिति अन्तर्गत रहेको मेलमिलाप केन्द्रले गरेको क्रियाकलाप अत्यन्त राम्रो लागेको बताउदै सो कुरा प्रत्यक्ष देख्न पायकोमा र यस नगरपालिकामा आउन सौभाग्य पायकोमा अत्यन्त खुशि भएको बताउनु भयो । उक्त कार्यक्रममा जि आइ जेडका तर्फवाट Ms. Kerstin Nagels, Dr. Elke Foerster (रास्ट्रिय निर्देशक), Florian Hanslik ले मेलमिलाप केन्द्रको उद्घाटन पश्चात अनुगमन समेत गर्नु भएको थियो । कार्यक्रमा मेलमिलापको केन्द्रको बारेमा नगर उप प्रमुख शुष्मा चौधरीले प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको सहजीकरण जि आइ जेडका निराजन सुवेदिले गर्नु भएको थियो । कार्यक्रममा वडा स्तरीय राजनितिक दलका प्रतिनिधि, मेलमिलाप सदस्य, बडघर लगाएतको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *