खोजि गर्नुहोस..

बाँसगढीमा हुने बर्दिया बाघ महोत्सव २०७८ को तयारी ६० प्रतिशत भन्दा बढी पुरा

यहि फागुन १६ गते देखि २६ गतेसम्म संचालन हुने बर्दिया बाघ महोत्सव २०७८ को तिव्र गतिमा तयारी भईरहेको आयोजक मुल समितिले जनाएको छ । महोत्सव प्रचार प्रसार उपसमितिका संयोजकका एक नारायण अधिकारीका अनुसार महोत्सवको तयारी ६० प्रतिशत भन्दा बढी तयारी पुरा भइसकेको छ । महोत्सव स्थल निर्माण, तारबारको काम समेत तिव्र पारिएको समितिले अनलाईन बाँसगढीलाइ जनाएको छ ।

महोत्सव स्थलमा रमाईलो मेला, थारु गाउँ, होटल, अन्य घरेलु, कृषि स्टल राखिने काम भइरहेको मुल आयोजक समितीक संयोजक तथा उद्योग बाणिज्य संघका अध्यक्ष रामसिंग थारुले बताउनु भयो ।

बाँसगढी उद्योग बाणिज्य संघको आयोजनामा पाँचौ बाँसगढी औद्योगिक, कृषि, पर्यटन, ब्यापार मेला तथा बर्दिया माघ महोत्सव २०७८ कृषि, पर्यटन, उद्योग ब्यापार तथा कला संस्कृतिकको पहिचान बिकास र सम्बृद्धिम पहुँच पुर्याउने उद्देश्यले मेलाको आयोजना गरिएको समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *