खोजि गर्नुहोस..

एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालयद्धारा जिल्लामा खोरेत रोग उन्मुलन अभियान सुरु

फागुन ११ गते
एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालय बर्दियाले जिल्लामा खोरेत रोग उन्मुलन अभियानको सुरु गरेको छ । अभियान अन्तरर्गत बर्दियाको बासँगढी नगरपालिका पशु शाखाले पनि शुरुवात गरेको छ । एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यलय बर्दियाको आयोजना र बासँगढी नगरपालिका पशु शाखाको समन्वयमा खोरेत विरुद्धको खोप लगाएर अभियानको थालनी गरिएको हो ।

खोप लगाउनको लागि खटिएका पशु सेवा प्राविधिकहरुलाई खटिसकेको पशु शाखा बासँगढी पशु प्राविधिक धनश्याम तिवारीले बताउनुभयो । बासँगढी नगरपालिका भित्रका ९ वटै वडाका खुरपाटाँ जनावरलाई पशुमा लाग्ने खोरेत रोग उन्मुलन सम्बन्धी खोप जारी रहने र आफ्ना गाईभैसी, भेडाबाख्रालाई खोप लगाउन पशु सेवा केन्द्र बासँगढीका अधिकृत ठाकुर दयाल शाहले जानकारी दिनुभयोे ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *