खोजि गर्नुहोस..

बाँसगढीमा बालमैत्री वडा बनाउन अनुगमन

बर्दियाको बाँसगढी नगरपालिकामा बालमैत्री शासन वडा घोषणा अभियान सुरु भएको छ । नगरपालिकाका सम्पूर्ण वडाहरुलाई बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने प्रारम्भिक प्रक्रिया सुरु भएको हो । त्यसको तयारी स्वरुप वडा नम्बर ६ मा अनुगमन गरिएको छ । बाँसगढी नगरपालिकाको एउटा प्रतिनिधि टोलीले वडा नम्बर ६ मा स्थलगत अनुगमन गरेको हो ।नगरप्रमुख शालिकराम अधिकारी,उपप्रमुख तथा बालअधिकार समिति संयोजक शुष्मा चौधरी र प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर केसी लगायतको टोली वडा नम्बर ६ मा पुगेको थियो ।

वडा नम्बर ६ लाई फागुन महिनाभित्रै बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने अनुगमन टोलीले निष्कर्ष निकालेको हो । महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख यशोदा थापाले वडाले बालमैत्री घोषणा गर्न आवश्यक सुचक पुरा गरेकोले घोषणाको तयारी भएको जानकारी दिइन् । बालमैत्री स्थानीय शासन सञ्चालन तथा कार्यान्वयन कार्यविधि – २०७७ ले तय गरेको बालमैत्री ५१ ओटा सुचक आवश्यक हुन्छ ।
अनुगमन टोलीले वडा नम्बर ६ भित्र रहेको २ वटा आधारभूत विद्यालय र २ वटा माद्यमिक विद्यालयको भौतिक संरचना,विद्यार्थीहरुको उपस्थिती लगायतका विषयमा छलफल समेत गरेको थियो । अनुगमन टोलीमा सामाजिक विकास समिति संयोजक तुल प्रसाद गौतम, वडा सदस्य शान्ता गुरुङ, स्वास्थ्य शाखा प्रमुख गिता घिमिरे, वडा सचिव, प्रधानाध्यपक, पत्रकार लगायत सहभागीता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *