खोजि गर्नुहोस..

बाँसगढीको ६ नं वडा बन्यो जिल्लाकै पहिलो बालमैत्री वडा

डोलराज वली, अनलाइन बाँसगढी

बाँसगढी नगरपालिकाको वड नं ६ लाई पहिलो बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको छ । लुम्बिनी प्रदेश सभाका सदस्य कविराम थारुले एक औपचारिक कार्यक्रमका बिच ६ नं वडालाइ बालमैत्री वडा घोषणा गर्नु भएको हो । बर्दिया जिल्लामै बालमैत्री वडा घोषणा गर्ने बाँसगढी नगरपालिका पहिलो पालिका बनेको छ ।

कार्यक्रममा बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर के सी ले बालमैत्री घोषणा पत्र प्रस्तुत गर्नु भएको थियो । घोषणा सभामा वडा नं ६ का वडाध्यक्ष दशरथ थारुले बालमैत्री स्थानीय शासनका लागि आवश्यक रहेका ५१ वटा सूचक पुरा गर्न सफल भएपछि मात्र बालमैत्री वडा घोषणा गरिएको बताउदै सवैलाइ उहाले धन्याबाद ज्ञापन गर्नु भयो ।

बिशेष अतिथिको आसनवाट बोल्दै बासँगढी नगरपालिकाका नगर प्रमुख शालिकराम अधिकारीले बालबालिकाका आधारभूत आवश्यकता पुरा गरिएकोले बालमैत्री वडा घोषण गर्न नगरपालिका सफल भएको बताउनु भयो । उहाँले थप बोल्दै भन्नु भयो “हामिलाइ सवै राजनितिक दल, संघसंस्थाहरु, बिद्यालयका बिशेष ब्यक्तित्वहरुले यस कार्यमा सहयोग गर्नु भएको छ, यसको दिगोपनामा समेत वहाँहरुले सहयोग गर्नु हुने छ भन्ने अपेक्षा लिइएका छौ “ ।

 कार्यक्रमलाइ सम्बोधन गर्दै लुम्विनी प्रदेश प्रदेश सभा सदस्य कविराम थारुले बालबालिकाहरु देशका भविष्यका कर्णधार तथा पहरेदार भएका हुँदा तिन तहका सरकारले बालमैत्री बाताबरणको ब्यबस्था गर्नु पर्ने कुरामा जोड दिनु भयो । उहाँले  थप बोल्दै बालबालिकाका अधिकारका बिषयमा बालअधिकारहरु सुनिश्चित हुनु पर्ने बताउनु भयो ।

घोषणा कार्यक्रममा विभिन्न राजनितीक दलक प्रमुख तथा प्रतिनिधि, सघं संस्था, संजाल लगायत सरोकारवाला बाल संरक्षकहरुले बालअधिकार सुनिश्चित गर्ने, बालमैत्री बाताबरण दिगो रुपमा कायम राख्ने प्रतिबद्दता गर्दै सार्बजनिक प्रतिबद्दता जाहेर गर्नु भएको थियो । कार्यक्रममा बालमैत्री वडा निर्माणका लागि बिशेष सहयोग गर्ने बिभिन्न बिद्यालय,संघसस्थाहरु,स्वयंसेविकाहरु लगायतलाइ प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *