खोजि गर्नुहोस..

पाठेघरको निशूल्क स्क्रिनिङ्ग शिविरमा ८१ जनाको रिपोर्ट पोजेटिभ


बर्दियाको बाँसगढी नगर अस्पतालमा २५ गते आईतबार भएको पाठेघरको मुखमा हुने क्यान्सर रोगक निशुल्क शिविरम जाँच गर्दा ८१ जनामा पोजेटिभ देखा परको छ । महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर रोगको जोखिम न्यूनिकरणका लागि नगरअस्पतालमा दोस्रो दिन भएको निशुल्क स्क्रिनिंग शिविरमा ४ सय १४ जना महिलाहरुको भि आई ए जाँच गर्दा ८१ जना महिलाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य शाखा बाँसगढीकी सिनियर अनमी जानकी गिरीले जानकारी दिनु भएको छ ।

त्यसैगरी आङ्ग खस्ने समस्या पहिलो र दोस्रोे स्टेज भएका ९ जना रहेका छन्, भने तेस्रो स्टेजका ३ र चौठो स्टेज भएका ४ जना महिला शिविरमा फेला परेको सिनिय अनमि गिरीले बताउनु भयो । शिविरमा ५ जना आङ्ग खस्ने समस्या भएका महिलाहरुको रिङ्ग पेशरी राखेर उपचार गरिएको छ । बाँसगढी नगरपालिकाको आयोजना र सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन भईरहेको छ ।

फागुन २७ गते मंगलवार बेलवा स्वास्थ्य चौकीमा हुने स्वास्थ्य शाखा बाँसगढीले जनाएको छ । शिविरमा सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालका डाक्टर अक्रम राइ र स्वास्थ्य कर्मिको टोलीले भि अई ए परिक्षण गरि रहनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *