बाँसगढी बहुुमुुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युुनियन (स्व.वि.युु) सभापतिमा उस्मान अन्सारी बिजयी भएका छन् । मंगलबार भएको स्व.वि.युु निर्वाचनबाट नेपाल बिद्यार्थी संघका उम्मेद्धार उस्मान अन्सारी सहित प्यानल नै निर्वाचित भएको छ । अन्सारीले ८८ मतका साथ बिजयी भएका छन भने प्रतिस्पधी अनेरास्वबियुुका शेर बहादुुर गुुजरले ८३ मत ल्याएका छन भने अखिल क्रान्तिकारीका रवि बिकले ६९ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेवि संघका सुुजन थारु १ सय मतका साथ सचिवमा निर्वाचित भएका छन । सचिव पदका प्रतिस्पर्धी अनेरास्ववियुका मनिषा यौगीले ६५ मत ल्याउदा अखिल क्रान्तिकारीका हरि शाहीले ६३ मत ल्याएका छन् । कोषाध्यक्षमा नेवि संघ कै बिन्दुु खड्का निर्वाचित भएका छन भने उहाँका प्रतिस्पर्धी अनेरास्ववियुुका सुुदिप थारुले ८० र अखिल क्रान्तिकारीका रमिता थारुले ६५ प्राप्त गरेका छन् ।
त्यस्तै सदस्यमा अनेरास्ववियुुका सुुस्मिता थारु, नेवि संघका इरेना कुुमारी थारु, सृष्टि भण्डारी, दिलमायाँ सुुनार र रोहित तिवारी बिजय भएका छन् । बाँसगढी बहुुमुुखी क्याम्पसको स्व.वि.युु निर्वाचनमा अनेरास्ववियुुका एक सदस्यमा निर्वाचित भएका छन भने नेवि संघको प्यानल नै विजय भएको छ ।