खोजि गर्नुहोस..

मुक्त कमैया समाज बाँसगढीले बुझायो १३ बुँदे माग सहितको ज्ञापन पत्र

हुम कुमार चौधरी ।

मुक्त कमैया समाज नगर समिति बाँसगढीले १३ बुँदे माग सहितको ज्ञापन पत्र बाँसगढी नगरपालिकामा बुझाएको छ । मुक्त कमैया पुर्नस्थापना कार्यविधि २०८१ निर्माण गर्न माग सहितको ज्ञापन पत्र नगर प्रमुख खड्क बहादुर खड्कालाई बुझाईएको हो । २०५७ साल साउन २ गते सरकारले कमैया मुक्तिको घोषण गरे पनि अझै मुक्त कमैया भुमि सम्वन्धि समस्या, श्रम, ज्याला लगाएतका विभिन्न समस्या रहेकाले कार्यविधि निर्माण गरि सम्पुर्ण समस्या सम्बोधन गर्न मुक्त कमैया समाजले १३ बुदे माग सहितको ज्ञापन पत्र बुझाएको हो ।

मुक्त कमैया समाज बाँसगढीले मुक्त कमैया परिवारलाई स्वतन्त्रपुर्वक जीवन जिउन सक्ने गरि नगरपालिका स्तरिय पुन स्थापननको लागि निति तथा कार्यक्रममा राखि एकीकृत प्याकेज निर्माण, काम ज्याला, समानता, स्वतन्त्रता सहित शिक्षा, स्वास्थ्य रोजगारी, सामाजिक सुरक्षा सहितिको दीगो, जीविकोपार्जन शुनिश्चित गर्न समाजले माग गरेको छ । अनौपाचारिक श्रमशक्ति र श्रम बजार सम्वन्धि अध्ययन, अनुसन्धान, तथ्यांक, अद्ययवधिक, विश्लेशण र श्रमशक्ति सम्वन्धि कार्य योजना निर्माण गर्नुपर्ने जनाएको छ । सामाजिक सुरक्षा तथा ट्रेड युनियन सम्वन्धि पालिका स्तरिय नीति, कानुन, मापदण्ड र नियमन सम्वन्धि कार्यविधि निर्माण, न्युनतम पारिश्रमिक निर्धारण, श्रमिकहरुको सामाजिक सुरक्षाको सन्दर्भमा व्यावसायजन्य स्वरोजगार सेवा सम्वन्धि आवश्यक कार्य गर्न ज्ञापन पत्रमा उल्लेख गरिएको छ । मुक्त कमैया र युवाहरुलाई सिप विकास तालिम, नेतृत्व विकास तालिमको व्यवस्था गर्नुपर्ने, विमा, समयमा ज्याला, श्रमिक साहायता कक्षको प्रावधान गरिनु पर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराई स्थानीय सरकारमा उनीहरुको दर्ता गरी स्थानीय सरकारले अगुवाई गर्नुपर्ने, स्थानिय सरकारले श्रम ऐन, निर्देशिका तथा कार्यविधि बनाई अनुगमन, महिला श्रमिकहरुको लागि स्वारोजगारी श्रृजना, मागमा आधारित आवश्यक सिपको लागि तालिमको व्यावस्थपन तथा श्रमिकमैत्री नीति तथा कार्यक्रम बनाई लगानी गर्नुपर्ने माग सहितको ज्ञपान पत्र बुझाएको नगर स्तरिय समाजका उपाध्यक्ष कमान सिंह थारुले जानकारी दिनुभयो । ज्ञापन पत्र बुझदै बाँसगढी नगर प्रमुख खड्काले मुक्त कमैयाहरुको पिडा आफुले नजिकबाट बुझेकोले माग प्रती आफु सकारात्मक रहेको बताउनु भयो । उहाँले मुक्त कमैयाहरुको समस्या समाधानको लागि आफु लागि परेको समेत दावी गर्नुभयो । मुक्त कमैया समाज बाँसगढीका उपाध्यक्ष कमान सिंह थारुको अगुवाईमा ज्ञापन पत्र बुझाईको कमैया महिला जागरण समाज नेपालका सामाजिक परिचालक राजेश चौधरीले जानकारी दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *