खोजि गर्नुहोस..

सामाजिक सुरक्षा भत्तामा सहज पहुँच सम्वन्धि १ दिने अन्तरक्रिया


हुुम कुुुमार चौधरी

सामाजिक सुरक्षा भत्तामा सहज पहुँच सम्वन्धि १ दिने अन्तरक्रिया बाँसगढीमा सम्पन्न भएको छ । नेपाल सरकार बाट दिईने सामाजिक सुरक्षा भत्ता पाउन योग्य भए पनि भत्ता पाउन बाट बन्चीत हुनु पर्ने समस्या सामाधान गर्ने उदेश्यले अन्तरक्रिया गरिएको हो । अन्तरक्रियाको सहजिकरण बाँसगढी नगरपालिकाका सुचना अधिकारी, सुचना प्रविधि शाखा तथा समाजिक सुरक्षा पञ्जीकरण शाखा प्रमुख क्षितिज पौडेलले गर्नु भएको थियो । उहाँले समाजिक सुरक्षा भत्ता भनेको के हो, समाजिक सुरक्षा पाउने उमेर, लक्षित समुह वर्ग, सामाजिक सुरक्षा भत्ता पाउने प्रक्रिया, उमेर पुगेकाले सामाजिक सुरक्षा भत्ताको लागि निवेदन दिने प्रक्रिया, चाहीने आवश्यक कागजात, बैक खाता खोल्ने प्रक्रिया र नविकरण गर्ने व्यवस्थाको बारेमा जनकारी गराउनु भएको थियो ।

त्यसैगरी समाजिक सुरक्षा भत्ता लिनको लागि ६५ वर्ष पुगेको हुनु पर्ने, अपांगको हकमा डाक्टरको सिफारी अनुसार रातो र निलो कार्ड भएको हुनु पर्ने, विधुवा, एकल महिला, लोपउल्मुख समुदायी र दलित बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिने व्यावस्था रहेको बताउनु भयो । अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बाँसगढी नगरपालिकाका नगर उपप्रमुख इन्दिरा कुमारी चौधरीले बाँसगढी नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बैक मार्फत वितरण गर्ने व्यावस्था मिलाएको बताउनु भयो । साथै अपांग, अशक्त, र ९० वर्ष माथिका जेष्ठ नागरिकहरुको सहजताको लागि वडा कार्यालय मार्फत घरैमा गएर दिने गरको बताउनु भयो । यसरी वितरण गरि रहदा बैक बाट केही समस्या भए नगरपालिकामा जानकारी गराउन अनुरोध गर्दै सामाजिक सुरक्षा भत्ता वितरण सहज बनाउनको लागि आफुले पहल गर्ने बताउनु भयो ।

बाँसगढी सामुदायीक पुस्तकालयका सचिव तथा सुदृढ जोखिम व्यावस्थापन तथा समावेशी आर्थिक समाजिक विकास मार्फत समुदायको उत्थानशीलता अभिबृद्धि परियोजनाका फोकल पर्सन प्रेम प्रसाद शर्माको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रमा बाँसगढी नगरपालिका नगर उपप्रमुख इन्दिरा कुमारी चौधरी, वडा न ५ का वडा अध्यक्ष दहवा थारु, वडा न ३ का वडा अध्यक्ष रामचन्द्र थारु, वडा न ५ का कार्यपालिका सदस्य मनिता चौधरी, लक्षित वर्गको सहभागिता रहको थियो । कार्यक्रमको स्वागत बाँसगढी सामुदायीक पुस्तकालयका सहसचिव नर बहादुर डाँगीले गर्नु भएको थियो । रिड नेपाल र ए स वि जर्मनको आर्थिक सहयोग र बाँसगढी सामुदायीक पुस्तकालय तथा स्रोत केन्द्रको आयोजनामा कार्यक्रम भएको परियोजनाकी सामाजिक परिचालक लक्ष्मी धम्लहवाले जानकारी दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *