हुुम कुुमार चौधरी ।
बर्दिया सनलाइट एकेडेमीले १७ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । बढैयाताल ४ खैरेनीमा रहेको विद्यालयले १७ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस मंगलबार भव्य कार्यक्रम गरी मनाएको हो । २०६५ सालमा स्थापना भएको विद्यालयले आप्नै भवन मार्फत गुुणस्तरिय शिक्षा प्रदान गर्दै नमुुना विद्यालयको रुपमा स्थापित हुदै गएको छ ।
विद्यालयले गुुणस्तरिय शिक्षण सिकाई क्रियाकलाप, विद्यार्थीहरुको लागि हेन्डराइटिङ्ग तालिम, विभिन्न विद्याका खेलकुुद, सांस्कृतिक कार्यक्रम, अभिभावक र विद्यार्थीहरुका लागि मोटिभेस्नल तालिम लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको बर्दिया सनलाइट एकेडेमीका संस्थापक तथा प्रिन्सिपल हेमराज वि.सीले बताउनु भयो ।
प्रिन्सिपल विसीले विद्यालयले आगामी दिनमा विद्यालयको शिक्षण सिकाई क्रियाकलापलाई थप प्रविधिमैत्री बनाउदै लैजाने बताउनु भयो । विद्यालयले नर्सरी, एल.केजी, युु.केजी कक्षामा एलसिडीको व्यवस्था गर्ने, सो भन्दा माथिका कक्षामा स्मार्ट बोर्डको व्यवस्थापन सहितको शिक्षण सिकाई क्रियाकलालाई सञ्चालन गरिने समेत उहाले बताउनुु भयो । उहाले संस्थागत विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुले पनि उच्च शिक्षाका लागि छात्रबृत्ति पाउने भएकाले ढुक्क भएर सनलाइट नै विद्यार्थीहरुलाई पढाउन अनुुरोध समेत गर्नुभयो । बार्षिक उत्सव तथा अभिभावक दिवसको प्रमुुख अथिति बढैयाताल गाँउपालिका ४ नं. वडा अध्यक्ष नरे थापा रहनुु भएको थियो ।
वडा अध्यक्ष थापाले कार्यक्रममा बोल्दै बर्दिया सनलाइट एकेडेमीले अभिभावकको चाहाना अनुुसार अंग्रेजी माध्यमबाट गुुणस्तरिय तथा उत्कृष्ट शिक्षा प्रदान गरिरहेको बताउनुु भयो । विद्यालयले मात्र बालबालिकालाई शिक्षा दिएर हुुदैन, घर बालबालिको पहिलो पाठशाला हो वडा अध्यक्ष थापाले भन्नुुभयो त्यस्तैले आफ्ना बालबालिकाको भविष्य कस्तो बनाउने भन्ने ठुुलो हात अभिभावको छ । थापाले बर्दिया सनलाइट एकेडेमीले प्रविधि सहितको गुुणस्तरिय शिक्षा दिन सकोस भन्दै शुुभकामना समेत दिनुुभएको थियो ।
वार्षिक उत्सव कार्यक्रममा विद्यालयमा भएको खेलकुद विद्याको विभिन्न २ सय इभेन्टको प्रथम, द्धितिय, तृतिय र विद्यालयको तेस्रो त्रैमासिक परिक्षामा उत्कृष्ट ४ जिपिए ल्याउने विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो । त्यस्तै विद्यालयलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने ६ जना अभिभावकलाई पनि सम्मान गरिएको छ । कार्यक्रममा विद्यार्थीहरुले मार्चपास, विविध सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।
विद्यालयका सस्थापक तथा प्रिन्सिपल हेमराज वि सी को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बढैयाताल गाउँपालिका वडा न ४ का वडा अध्यक्ष नरे थापा, विशेष अतिथि वडा न ४ का वडा सदस्य राम लौटन चौधरी, ध्रुवी थारु, उमा गन्धर्व, वडा सचिव दिपक नेपाली, बरघर प्रविन चौधरी, विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावहरुको उपस्थिति रहको थियो ।
वार्षिक उत्सव कार्यक्रमको संचालन विद्यालयका शिक्षक सुुमिना बि.सीले गर्नु भएको थियो भने स्वागत शिक्षक रोशनी थापा मगरले गर्नु भएको थियो । नर्सरी, एल केजी, यु के जी देखि ५ कक्षा सम्म पढाउदै आएको थियो विद्यालयले २०६६ साल देखि ८ कक्षा सम्मको पढाई सञ्चालन गरिरहेको छ । हाल विद्यालयमा ३ सय ५० विद्यार्थी अध्ययनरत छन भने १७ जना शिक्षक रहेका छन् ।




