रावन विश्वकर्मा, बाँसगढी ।।
कम्युटर एसोसिएसन नेपाल महासंघ(क्यान) बर्दियाको जिल्ला अध्यक्षमा दिल बहादुर चौधरी सर्वसम्मत निर्वाचित भएका छन् । कम्युटर एसोसिएसन नेपाल महासंघ(क्यान महाँसंघ) बर्दिया जिल्ला शाखाको शनिबार बाँसगढीमा भएको १० आँै बार्षिक साधरण सभा तथा पाँचौ अधिबेशनबाट अध्यक्षमा चौधरी सर्वसम्मत निर्वाचित भएका हुन् ।
कम्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) बर्दियाका अध्यक्ष सुर्य केसीको अध्यक्षता र क्यानका केन्द्रिय उपाध्यक्ष धुर्वराज शर्मा, प्रदेस उपाध्यक्ष नारायण खनाल, बर्दियाका संस्थापक अध्यक्ष प्रशान्त टण्डन लगायतको उपस्थितिमा ११ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएका हुुन । 
कार्य समितिको उपाध्यक्षमा रामप्रसाद थारु, सचिवमा क्षितिज पौडेल, सह सचिवमा रामप्यारे थारु र कोषाध्यक्षमा शंकर प्याकुरेल निर्वाचित भएका छन । त्यस्तै सदस्यहरुमा गणेश खनाल, पवन पोख्रेल, भगवती पौडेल, कृष्ण सोडारी, दुर्गा प्रसाद चौधरी र श्याम जैस्वाल रहेका छन । त्यस्तै अधिबेशनले केन्द्रिय र प्रदेश महाधिवेशन प्रतिनिधिमा गोपाल निरौला र सूर्य के.सीलाई सर्वसम्मत सिफारिस गरिएको छ । साधारण सभामा क्यान बर्दियाका अध्यक्ष सुर्य केसीले कार्य प्रगती र कोषाध्यक्ष दिल बहादुर चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुुत गरेका थिए ।