खोजि गर्नुहोस..

त्रिभुवन सामुदायिक पुस्तकालयको ११ औ साधरण सभा सम्पन्न

हुमकुमार चौधरी,

बाँसगढी ८ स्थित त्रिभुवन सामुदायिक पुस्तकालयको ११ औँ बार्षिक साधरण सभा आज एक कार्यक्रमका विच सम्पन्न भएको छ । पुस्ताकालयका अध्यक्ष यज्ञ बहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रम सस्था सचिव गोपाल वली आर्थिक वर्ष २०८०।०८१ सालको कार्यक्रम, अहिले सम्म भएको उपलब्धि, चुनौती सहितको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । भने १४ लाख २४ हजार ७ सय ७३ रुपैया २० पैसा बरारबरक आय व्याय पुस्ताकालकय कोषाध्यक्ष खेमराज घिमिरे प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी बैक मौज्दात ८ लाख ६३ हजार ४ सय २५ रुपैया ३४ पैस रहेको आर्थिक प्रतिवेदनमा उल्लेख छ । ११ औँ वार्षिक साधरण सभाको अवसरमा पुस्तकालयक पुर्व अध्यक्षहरु दामोदर पौडेल, गोपाल प्रसाद ज्ञावली, तुल्सीराम थारु, नविन अधिकारी, कृष्ण प्रसाद आचार्य, शैलेन्द्र ढकाल र लक्ष्मी प्रसाद अधिकारी गरी ७ जना कदर पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

त्यसैगरी सहयोगि दता, विनोद अधिकारीका बुवा तोयानाथ अधिकारी र रामजानकी सामुदायी बन उपभोक्ता समितिका अध्यक्ष राम बहादुर थापा गरि २ जनालार्ई कदर पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रम प्रमुख अतिथि संविधान सभा सदस्य निर्मल प्रकाश सुवेदी त्रिभुवन सामुदायीक पुस्तकालय यो क्षेत्रको शिक्षा र चेतनाको केन्द्र रहेको बताउनु भयो । त्यसैले सामुदायीक पुस्तकालयलाई अझै अगाढी बढाउनको लागि युवा पुस्ता सक्रियता पुर्वक लागेर यस क्षेत्रकै नमुना पुस्तकालको विकास गर्नु पर्ने बताउनु भयो । कार्यक्रमा बोल्ले अधिकांश बक्ताहरु पुस्तकालयले गर्दै आएको काम महत्वपुर्ण रहेको बताउनु भयो ।

यसलाई अव समय अनुसार परिवर्तन गर्दै ई लाईब्रेरी बनाउनु पर्ने कुरामा जोर दिदै आफ्नो साथ सहयोग सधै रहिरहने कुरामा जोड दिनु भयो । २०५२ सालमा स्थापना भएको सामुदायीक पुस्तकालयमा १ सय ३३ जना आजिवन सदस्य र १३ सस्थागत सदस्य आवद्ध रहनु भएको छ । साधरण सभामा बाँसगढी नगरपालिका वडा न ८ का वडा अध्यक्ष तुल प्रसाद गौतम, आजिवन सदस्य सस्थागत सदस्य, सस्थाका पुर्वअध्यक्ष, सल्लाहाकार सदस्य, स्थानिय शिक्षक, बुद्धिजिवी, प्रहरी लगाएतको सहभागिता रहको थियो । साधरण सभामा पुस्तकालयको संक्षिप्त जनकारीको बारेमा लाईबे्ररियन मिना पौडेले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन पुस्तकालयको सहसचिव देवराज अधिकारी गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *