विन्दु चौधरी
बाँसगढी
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड बाँसगढी शाखाले वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । निर्धन उत्थान लघुवित्तले आयोजना गरेकोे बाँसगढी शाखाका ६५ जना सदस्यको सहभागिता रहेको थियो । कार्यक्रममा बाँसगढी शाखा प्रमुख उपेन्द्र गौतमले वित्तिय साक्षरता तालिमको उदेश्य र महत्व, वित्तिय लक्ष्य निर्धारण र समुदायको वर्तमान अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । साक्षरता कार्यक्रमको सहजीकरण निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड क्षेत्रिय कार्यालय कोहलपुरका कार्यालय प्रमुख मिल बहादुर हमालले गर्नुभएको थियो । उहाँले सहभागीहरुलाई वित्तीय व्यवस्थापन क्षमता सुधार गर्न, बचत, ऋण, बीमा, र लगानी जस्ता महत्त्वपूर्ण विषयहरूमा प्रशिक्षण दिनुभएको थियो । साथै निर्धन उत्थान लघुवित्त वित्तीयसंस्था लिमिटेडले उपलब्ध गराउने सेवा सुविधाहरु, वचतको योजना, वचतगर्ने तरिकाहरु, संस्थाले ऋण लगानीगर्दा र सदस्यहरुले कर्जा लिदा ध्यानदिनु पर्ने कुराहरु, ब्यावसायिक योजनाको तयारी लगाएत बारेमा जानकारी गराईएको थियो । कार्यक्रममा लक्ष्मी अधिकारीको सभापत्विमा भएको कार्यक्रमा प्रमुख अथिति बाँसगढी नगरपालिका वाड नं ४ का वडाअध्यक्ष कृष्ण प्रसाद बास्तोलाले साक्षरता कार्यक्रमले स्थानीय समुदायमा आर्थिक सचेतना बढाउने विस्वास ब्यक्त गर्नुभएको थियो । उहाँले वित्तीय सेवाहरूको उपयोगलाई प्रोत्साहन गर्ने, र आर्थिक सशक्तिकरणको बाटो खुला गर्ने लक्ष्य राखेकोले वित्तिय साक्षरता कार्यक्रमको सहभागीहरूले व्यावहारिक सीपहरू सिकेर आफ्नो आर्थिक स्थिति सुधार गर्न मद्दत पुग्नसक्ने धारणा राख्नु भएको थियो । निर्धन उत्थान लघुवित्त वित्तीयसंस्था लिमिटेडको ७७ जिल्लामा एक सय ८५ वटा शाखा रहको छ, भने २६ अर्व करोवार गरेको छ । निर्धन उत्थान लघुवित्त शाखा कार्यालय बाँसगढीमा २ हजार ८ सय ९७ जना सदस्य रहेको छन् । १सय ४२ वटा केन्द्र अन्तरर्गत २१ करोड ५३ लाख कुल कारोबार गरेको छ, भने १६ करोड बचत रहेको शाखा कार्यालय बाँसगढीका प्रमुख उपेन्द्र गौतमले जानकारी दिनुभयो ।