खोजि गर्नुहोस..

दलित पत्रकार सँघ बर्दियाको अध्यक्षमा सुनार

रावन विश्वकर्मा
राष्ट्रिय दलित पत्रकार सँघ बर्दियाको अध्यक्षमा दल बहादुर सुनार सर्वसम्मत चयन हुुनुभएको छ । बर्दियाको गुलरियामा बुधबार भएको राष्ट्रिय दलित पत्रकार सँघ बर्दियाको दोस्रो अधिबेशनले सुनारलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा जिरा विक, सचिवमा मिलन विक, कोषाध्यक्षमा अस्मिता सार्कीलाई सर्वसम्मत चयन गरिएको छ । त्यस्तै राज कुमार विक, चन्द विक लगायत सदस्य रहेका छन ।

अधिबेशनले केन्द्रिय प्रतिनिधीमा तारा बहादुर सुनार र प्रदेस प्रतिनिधीको रुपमा रावन विश्वकर्मा र अस्मिता सार्कीलाई छनोट गरेको छ । राष्ट्रिय दलित पत्रकार सँघ बर्दियाका अध्यक्ष तारा बहादुर सुनारको अध्यक्षतामा भएको दोस्रो अधिवेशनमा राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय प्रतिनिधि कुशल दलामी, लुम्बिनी प्रदेस सदस्य रावन विश्वकर्माको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *