विन्दु चौधरी
करदाता कार्यालयले अनुमति नलिई होटल सञ्चालन गर्नेलाई जरिवाना गरेको छ । करदाता कार्यालय गुलरिया बर्दियाले बाँसगढी नगरपालिका क्षेत्र भित्र अनुमति नलिई होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्ने व्यवसायीहरूलाई ३५ हजार अन्तर सुल्क नबुझाएको भन्दै जरिवाना गरेको हो । विहिवार गरिएको अनुमगनमा करदाता कार्यालय बर्दियाका कर अधिकृत शेरनाथ योगीको नेतृत्वकोे अनुमगन टोलीले बाँसगढी बजार, भगरा, लक्षमणा बजारमा गरि २५ वटा होटल तथा रेस्टुरेन्टमा अनुमगन गर्दा ३५ हजार बरारबरको जरिवाना गरिएको कर अधिकृत योगीले जानकारी दिनुभयो । बिना दर्ता वा अनुमति विना सञ्चालन गरिएका होटलहरूलाई फेला पारेपछि करिव ५० हजार मुल्य बराबरका २० लिटर घरेलु मदिरा, वियर तथा अन्य सिल्बण्डी गरिएका मदिराजन्य पदार्थ समेत बरामद गरिएको थियो ।
अनुमति बिना सञ्चालन गरिएका होटलहरूले कानूनी रूपमा आवश्यक अन्तर सुल्क तिर्नुपर्ने हुन्छ, तर यस्तो नगरेको पाइएपछि करदाता कार्यालयले जरिवाना लगाएको कर अधिकृत योगीले बताउनुभयो । उहाँका अनुसार नगर क्षेत्रका सबै व्यवसायीलाई करको दायराभित्र आउन आग्रह गर्दै ७ दिनभित्र दर्ता अनुमति लिन समेत अनुरोध गुर्नभएको छ । अनुगमन टोलीमा करदाता कार्यालय बर्दियाका प्रमुख शेरनाथ योगी, शान्ता आचार्य, सागर भुषाल, टोप बहादुर थापामगर, बाँसगढी उद्योग बाणिज्य संघका सचिव प्रेमनारायण पौडेल, मोतिपुर इलाका प्रहरी बाँसगढीका प्रहरी नायव निरिक्षक शरम बहादुर थापा, संचारकर्मि लगाएतको उपस्थिति रहेको थियो ।