खोजि गर्नुहोस..

बाँसगढीम मुक्त कमैयाका १ सय १३ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण

हुमकुमार चौधरी,
बाँसगढी नगरपालिकामा मुक्त कमैयाका १ सय १३ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । कमैया महिला जागरण समाज र एक्सनएडको आर्थिक सहयोगमा नेपालमा कृषिमा आधारित बंधुवा श्रमको अन्त्य परियोजना अन्र्तगत मुक्त कमैयाका बालबालिकालाई छात्रबृत्ति,शैक्षिक सामाग्री वितरण गरिएको हो । बाँसगढी नगरपालिका वडा न ९ माछागढको लालीसुँरास मा विमा आज एक कार्यक्रमक आयोजना गरेर वडा न ९ र ४ का मुक्तकमैयाका कक्षा ६ देखी १० सम्म अध्यनरत १ सय १३ जना बालबालिकालाई शैक्षिक सामाग्री झोला १ थान, ज्यामिति बक्स १ थान, डटपेन १५ थान, कपि १८ थान, सर्ट १ थान र माईन्ट १ थान गरि एकजाना लाई २ हजार १ सय ४६ रुपैया ९४ पैसा बरामरको शैक्षिक सामाग्री वितरण भएको छ । शैक्षिक सामाग्री वितरण कार्यक्रमका प्रमुख अतिथि तथा बाँसगढी नगरपालिका प्रमुख खड्क बहादुर खड्काले बालबालिका तथा अभिभाकलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

शैक्षिक समाग्री हस्तान्तरण गर्दै नगर प्रमुख खड्काले विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरकोमा कमैया महिला जागरण समाजको प्रशंसा गर्दै धन्यबाद दिनु भएको थियो । उहाँले शैक्षिक समाग्री राम्रो सग सदुपयोग गर्न पनि आग्रहर गर्नु भएको थियो । आज तपाई पढ्न, लेख्न नपाएर प्राविधि ज्ञान शिक्षा हासील गर्न नस्कदा जुन किसीमका दुख पाईरहनु भएको छ । त्यसैले हाम्रा छोराछोरी त्यो किसीमको दुख नपाउन भनेर तपाई हामी सबै मिलेर सचेत हुन जरुरी रहेको बताउनु भयो । लामो समयदेखि तपाई हामी छोराछोरी पढान लेखन पठाई रहदा जुन किसीमको प्ररिणाम आउनु पर्ने हो त्यो किसीको वातावरण नबन्दा निरास हुनु पर्ने अवस्था आएको छ । त्यसैले यो अवस्थालाई अव कसरी आसा भरोसा लाग्दो बनाउ सकिन्छ भनेर प्रयासरत रहेको बताउनु भयो । साथै आ आपना बालबालिकामा ध्यानदिनु पर्ने कुरामा कमी नर्गन पनि सुझाव दिनु भयो ।

साथै विद्यालयको तर्फ बाट गर्नु पर्ने काम विद्यालय क्षेत्रभित्रका सरोकारवालाई त्यस तर्फ अग्रसर गराउने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा शिक्षा शाखा प्रमुख मन प्रसाद रेग्मी र वडा न ९ का वडा सदस्य मनिराम थारुले कमैया महिला जागरण समाजले सहयोग गरेको शैक्षिक सामाग्री देखदामा सानो भए पनि बालबालिकाको शिक्षण सिकाईमा ठुलो सहयोगी हुने अपेक्षा गर्नु भएको थियो । साथै आफ्ना बालबालिकालाई सधै विद्यालय पठाउन पनि आग्रह गर्नु भयो । शैक्षिक सामाग्री पाउदा बाँसगढी नगरपालिका वडा न ९ की धनकुमारी चौधरी धेरै खुसी लागेको बताउनु भयो । नेपालमा कृषिमा आधारित बंधुवा श्रमको अन्त्य परियोजना छात्रबृत्ति कार्यक्रम अन्र्तगत शैक्षिक समाग्री वितरण कार्यक्रमको उदेश्यबारे कमैया महिला जागरण समाजका नेटर्वकीगं मोविलाईजर प्रेम कुमार चौधरी प्रकाश पार्नु भएको थियो । उहाँले मुक्तकमैया मध्ये पनि अतिविपन्न मुक्तकमैयाको परिवारलाई छनौट गरेर यो शैक्षिक सामाग्री वितरण गरेको जनकारी दिनु भयो । आर्थिक अभावकाको कारण मुक्तकमैयाका बालबालिकाको पढाई नछुटोस र यसले केही हद सम्म सहयोग पुग्ने बताउनु भयो ।

मुक्त कमैया समाजकी नगर अध्यक्ष अस्तुर्नी थारुको अध्यक्षतामा भएको शैक्षिक सामाग्री वितरण कार्यक्रमा नगर प्रमुख खड्क बहादुर खड्का, वडा न ९ का वडा सदस्य मनिराम थारु, शिक्षा शाखा प्रमुख मनप्रसाद रेग्मी, लालीगुँरास माध्यमिक विद्यालयका प्रधानाध्यापक पुर्ण डाँगी, अभिभावक, विद्यार्थी लगाएतको सहभागिता रहेको थियो । भने कार्यक्रमको सञ्चालन समाजका सामाजिक परिचालक राजेश थारुले गर्नु भएको थियो । यसै विच बढैयाताल गाउँपालिकाको वडा न ४,५,६,७ र ९ का १ सय ९८ जना मुक्तकमैयाका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको कमैया महिला जागरण समाजले जनाएको छ । बाँसगढीमा १ सय १३ र बाढैयातालको १ सय ९८ जना मुक्तकमैयाका बालबालिका लाई ६ लाख ३७ हजार ३ सय ५२ रुपैया ८८ पैसा बरावरको छात्रबृत्ति शैक्षिक सामाग्री वितरण गरको हो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *