खोजि गर्नुहोस..

बर्दियामा एसईईको नतिजा निरासाजनक, ७ विद्यालय निल

रावन विश्वकर्मा,
माध्यामिक शिक्षा परीक्षा एसईईमा बर्दियामा ७ विद्यालयको नतिजा निल आएको छ । सामुदायिक र संस्थागत गरी १ सय १६ विद्यालय एसईई परिक्षामा सहभागि भएका मध्य ७ विद्यालयको नतिज शुन्य आएको छ । नतिजा अनुसार ७ विद्यालयका सबै विद्यार्थी नन ग्रेडेडमा परेका छन् । परिक्षामा सहभागि भएका सबै विद्यार्थी असफल हुने ७ विद्यालय मध्य बाँसगढी नगरपालिका मात्रै ४ विद्यालय छन् । बाँसगढीका लक्ष्मी मावि चेपांग, जनता मावि बनमुुडुुवा, पृथ्वी मावि लखना, जनता मावि बठुुवातालको एसईई २०८० को नतिजा निल आएको छ ।

त्यस्तै गेरुवा गाउपालिकाको नेरा गणेश मा वि मनाउ,बारबर्दिया नगपालिकाको आ श द च मा वि खैरेनि धधवार, बढैयाताल गाउपालिकाको जगदम्विका मा वि शान्तीपुरको नतिजा शुुन्य आएको हो । बर्दिया जिल्लामा सामुदायिक र सस्थागत गरी १ सय १६ विद्यालयव परिक्षामा सभागि भएका थिए । बर्दियामा ६ हजार ५ सय ९५ बिद्यार्थी एसईई परीक्षामा सहभागि भएका मध्य १ हजार ५ सय २५ जना अर्थात २३.१ प्रतिशत विद्यार्थी मात्रै उर्तिण भएका छन । बर्दियामा २९ वटा संस्थागत र ८७ वटा सामुदायिक मा वि स्कुल छन । बर्दियामा संस्थागत विद्यालयको नतिजा राम्रो आए पनि सामुदायिक विद्यालयको नतिजा निरासाजनक देखिएको छ । सामुदायिक विद्यालयको गुुणस्तरिय शिक्षाको लागि राज्यको करोडौ लगानी भए पनि शिक्षाको गुुणस्तर भने अझै सुुधारउन्मुख हुन सकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *