खोजि गर्नुहोस..

युवा संजाल बाँसगढीद्धारा लागुऔषध र बालविवाह न्यूनिकरण सम्बन्धी सचेतना

विन्दु चौधरी,
बाँसगढी नगरपालिका वाड नं ५ मा लागुऔषध र बालविवाह न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । यूवा पुस्तालाई लागु औषधको प्रयोगबाट बचाउने र सामाजिक विकृतिको रुपमा रहेको बालविवाहलाई अन्त्य गर्ने उदेश्यले युवा संजाल बाँसगढीले सचेतनात्मक कार्यक्रम गरेको हो ।

सचेतना कार्यक्रममा मोतिपुर इलाका प्रहरी कार्यालय बाँसगढीका प्रमुख प्रहरी निरिक्षक रुपेश शाहले लागुऔषध, वालविवाह र यस सम्वन्धी भएका कानुनी प्रावधानको विषयमा युवाहरुलाई सचेतना संगै जानकारी दिनु भएको थियोे । भने सई अक्षय कुमार महतले लागुऔषध भनेको के हो ? यसले मानिसको शरिरलाई कसरी असर गर्छ र लागुऔषध प्रयोगकर्ताहरुको लागि कानुनी प्रावधान के छ भन्ने विषयमा सहजीकरण गर्नुभएको थियो । सोही अवसरमा वालविवाहको विषयमा युवाहरुलाई सचेत गराउदै २० वर्ष भन्दा कम उमेरमा वालविवाह गरेमा कानुनी कार्वाही हुने बताउनु भयो ।

कार्यक्रममा युवा संजाल बाँसगढीका अध्यक्ष एक नारायण अधिकारीले विभिन्न संघसस्था, स्थानिय तह र वडा कार्यालयसंग समन्वय गरेर सामजमा रहेको हानिकारण मुल्यमान्यतालाई अन्त्य गर्ने उदेश्यले विभिन्न सचेतात्मक कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले बाँसगढी नगरभित्रका वडा, टोलहरुमा बालविवाह तथा लागु औषध न्यूनिकरण सम्बन्धी किशोरकिशोरी, युवा अभिभावकहरुसंग अन्तरक्रिया छलफल लगाएका कार्यक्रम युवा संजालमार्फत गर्दै आएको बताउनुभयो । सचेतना कार्यक्रममा बाँसगढी नगरपालिका–५ का वडाअध्यक्ष दहवा थारु, सदस्य प्रकाश वराल, मनिता थारु, युवा, विद्यार्थी, शिक्षक,बुद्धिजीवी लगाएतको सहभागिता रहेको थियो ।

युवा संजाल बाँसगढीका अध्यक्ष एकनारायण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संजालका सदस्य तथा लागु औषध एंव बालविवाह न्यूनिकरण सम्बन्धी कार्यक्रमका फोकलपर्सन राज थारुले गर्नुभएको थियो । बाँसगढी नगरपालिका ५ नं वडाकार्यालयको आर्थिक सहयोग तथा इलाका प्रहरी कार्यालय बाँसगढीको समन्वयमा बाँसगढी नगरपालिका वाड नं ५ का किशोरकिशोरी, युवा विद्यार्थी, टोलविकास संस्था, बरघरसंस्थाका प्रनिनिधी, लगाएत ८० भन्दा बढिको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *