खोजि गर्नुहोस..

मुक्त कमैया तथा छुट कमैयाहरुको लगत संकलन संम्बन्धी पालिका स्तरीय अभिमुखिकरण

असार १ गते

बढैयाताल गाँउपालिकामा आज मुक्त कमैया तथा छुट कमैयाहरुको लगत संकलन संम्बन्धी एक दिने पालिका स्तरीय अभिमुखिकरण कार्यक्रम गरीएको छ । एक्सन एडको आर्थिक सहयोगमा, कमैया महिला जागरण समाजको सहकार्य र बढैयाताल गाँउपालिकाको आयोजनामा उक्त कार्यक्रम गरीएको हो । २०५७ साल साउन २ गते नेपाल सरकारले देशभर मुक्त कमैयाहरुलाई परिचय पत्र दिएर घोषणा गरेको थियो । त्योबेला बढैयाताल गाँउपालिकामा करिव १ हजार ६ सय जनाले मुक्तकमैयाको परिचय पत्र पाएका थिए । तर त्यसबेला संकतकालमा दरत्रासको कारण बास्ताबिक मुक्तकमैयाहरु परिचय पत्र पाउन छुटेकोले अहिलेसम्म स्थानीय सरकार बढैयाताल गाँउपालिकामा मुक्तकमैयाको सति तथ्याङक छैन ।

सहि तथ्याङक नभएको कारण स्थानीय सरकारलाई मुक्तकमैयाको क्षेत्रमा काम गर्न सहज होस भन्ने उद्देश्यले कार्यक्रम गरेको कमैया महिला जागरण समाज बर्दियाका कार्यक्रम अधिकृत राजेन्द्र प्रसाद थारुले बताउनु भयो । उहाँका अनुसार अहिले मुक्त कमैया तथा छुट कमैयाहरुको लगत संकलन फारम भर्नाका लागि २१ जना गणकहरु लाई छनौट गरीएको छ । त्यसैगरी दुई जना कम्युटर अपरेटर, १ जना बढैयाताल वडा नं ९का वडाअध्यक्ष बिरबहादुर चौधरीलाई फोकल प्रशानको रुपमा र लगत संकलन समितिका सहजिकरणका अध्यक्ष बढैयाताल गाँउपालिकाका अध्यक्ष हिमालय त्रिपाठीलाई टोकिएको छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष त्रिपाठीले पालिकामा मुक्त कमैयाहरुको सहि तथ्याङक नभएको कारण काम गर्न समस्या रहेकोले सम्पुर्ण गणकहरुलाई नछुटाई र नदोहो¥याएर फारम भर्ना सुझाव दिनु भयो । साथै फारम भर्ने क्रममा आफ्नो मान्छे अथवा आफन्त भनेर नभएको कुरा थपथाप पारेमा फारम भर्ने गणक ब्यक्ति स्वायम जिम्मेवार हुने बताउनु भयो । मुक्त कमैया तथा छुट कमैयाहरुको लगत संकलन संम्बन्धी एक दिने पालिका स्तरीय अभिमुखिकरण कार्यक्रमको सहजिकरण कानुन ब्यावसायि बालाराम भट्टराईले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *