विन्दु चौधरी,
बाँसगढी नगरपालिका ६ सहतरियामा आज बृह्रत र्यालीसंगै वृक्षारोपण गरी ५२औं विश्व वातावरण दिवस मनाइएको छ । राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दिया, युवा संजाल बाँसगढी र सतहरिया महिला कृषक समुहको संमन्वयमा स्थानिय अधिकार कार्यक्रम अन्तरर्गत “भुमि पुर्नस्थापना, मरुभुमिकरण र खडेरी विरुद्ध लड्न लचिलो समुदाय सन्दर्भमा सतहरिया विचगाउँदेखि शुरु भएको बृह्रत र्याली बाँसगढी किसान चोक परिक्रमा गरि श्री दर्वोदय आधारभुत विद्यालय सतहरियामा कोणसभामा परिणत भएको थियो । र्यालीमा वातावरण बचाऔँ, प्रदुषण निवारण गरौं, जोगाई राखौंः हरियो वन, सार्थक हुन्छ राम्रो जीवन, गाउँघरमा रोपौं रुखः गर्मिबाट हुन्न दुख, प्रकृति हाम्रो सम्पत्ति संरक्षण विना विपति, रुख रोपौ अवश्य सुरक्षित भविष्य जस्ता नारासहित विश्व वातावरण दिवस भव्य र सभ्याताका साथ मनाइएको हो । दिवसको अवसरमा दर्वोदय आधारभुत विद्यालयमा विभिन्न प्रकारका फलफुलका विरुवा र फुलहरु रोपिएको थियो । उक्त कार्यक्रममा संस्थाका कार्यक्रम अधिकृत जयराम चौधरीले कार्यक्रमबारे जानकारी गराउनुहुदै जलवायु परिवर्तनसंगै महिला अधिकार, जीविकोपार्जन, गुणस्तरिय शिक्षा लगाएतको क्षेत्रमा गत वर्षदेखि नै कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले गर्त वर्षदेखि बाँसगढी नगरपालिकाको ५ वटा वाडमा १२ वटा महिला समुह र १७ वटा सामुदायिक विद्यालय काम गर्ने क्रममा यस वर्ष दुई थप गरी १४ वटा महिला समुह र १९ वटा विद्यालयसंग विभिन्न सवालमा काम गर्दै आएको जानकारी दिनुभयो । त्यसैगरी यसै विद्यालयका प्रधानाध्यपक रुद्धपसाद भुषालले अहिले पृथ्वीमा वातावरणीय ह्रास तथा प्रदूषणले गर्दा प्राकृतिक प्रकोप जलवायु परिवर्तनका समस्याहरु देखा परिरहेको बताउनुभयो । उहाँले मानबजातीले समय मै यसबारे सचेत हुनुपर्ने र वातावरण संरक्षणमा सबैले लाग्नुपर्ने बताउनुभयो । उक्त कार्यक्रमम युवा संजाल बाँसगढीका सदस्य तथा युवा अभियान्ता राज थारुले एक रुख काटेपछि ७ रुख रोप्नुपर्ने नेपाली एक भनाइलाई व्यवहारमा समेत उतार्नुपर्ने बताउनुभयो । उहाँले अब यूवा पिढीले वातावरण संरक्षणमा योगदान दिन जरुरी रहेको र युवा अघि बढे मात्र गाउँ, सहर र बस्ति हरियाली बन्न सक्ने भनाई राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण गर्नुहुदै आरकेजेएस बर्दियाका सामाजिक परिचालक टिकाराम परियारले विकासोन्मुख देशलाई प्रतिकूल मौसममा अनुकूलन गर्न, प्रकृतिको संरक्षण गर्न र दिगो विकासलाई समर्थन गर्न सबैले सघाउनु पर्ने बताउनुभयो । सतहरिया महिला कृषक समुहका अध्यक्ष विमला चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा ७० जनाको उपस्थिती रहेको थियो ।