हुमकुमार चौधरी
थारु भाषा, साहित्य बचाउन र अघि बढाउने उदेश्यले थारु भाषाको मुक्तक प्रतियोगिता मनको आवाज परिवार नेपाल बर्दियाको आयोजनामा हुन लागेको हो । मुक्तक प्रतियोगितामा थारु भाषाको नयाँ पुस्ताको मुक्तक, गजल प्रेमीहरु सहभागी भईरहेको मुक्तक संयोजक महेशराम थारु जनकारी दिनु भएको छ । प्रतियोगितामा खेतीपातीको समय आईरहेकोले बर्खाको विषयमा लेखेको मुक्तकलाई प्राथमिक्ता दिने आयोजक परिवार जनाएको छ । मुक्तक प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार क्रमस ४ सय, ३ सय, २ सय र १ सयको रिचार्ज र प्रमाण पत्र प्रदान गरिने आयोजनकले जनकारी दिएको छ । त्यसैगरी सहभागि सबैजनालाई सम्मान पत्र प्रदान गरिने छ ।
प्रतियोगितामा नयाँ नयाँ धेरै प्रतियोगिहरुको सहभागिता हुदै छ । उत्कृष्ट ४ मुक्तक प्रथम, द्धतिय, तृतिय र सान्त्वान मुक्तक वाचन गरी विभिन्न युटुव च्यानल बाट प्रसारण गरिने छ । मुक्तक प्रतियोगितामा सहभागितको लागि मुक्तक यही जेठ ९ गते देखि भएर १५ गते रातिको १२ बजे सम्मको समय रहेको कार्यक्रमक संयोजक महेशराम थारु (तोहार प्यारा) जानकारी दिनु भएको छ । ११ गते सम्म प्रतियोगितामा बर्दिया, बाँके, दाङ्ग, कंचनपुर र कैलालीका गरी ४५ जनम प्रतियोगी मुक्तक श्रष्टाहरु आफ्नो मुक्तक दर्ता गराउनु भएको छ ।
मुक्तक थारु भाषामा बर्खा विषेश हुनुपर्ने, मुक्तक कसैको व्याक्तिगत जिवनमा आक्षेप नलाग्ने हुनु पर्ने, आफ्नै सृर्जना हुनुपर्ने र मुक्तक सगै आफ्नो पुरा नाम ठेगाना, रुची, पेशा र एक प्रति फोटो पठाउने पर्ने छ । मुक्तक श्रष्टाहरु आफुले रचना गरको मुक्तक मनके आवाज तोहार प्यारा फेसबुक आईडीको इनबक्समा पठाउनु पर्ने छ । मुक्तक प्रतियोगिताको परिणाम यही जेठ १६ गते सार्वजनिक हुने आयोजकले जनकारी दिएको छ ।